सञ्चारकर्मीले सत्यलाई स्थापित गर्न सक्नुपर्दछ : अर्थमन्त्री शर्मा

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले सञ्चारकर्मीले जनताको अपेक्षा अनुसार सत्यलाई स्थापित गर्ने र गलत कार्यको विरोध गर्न सक्नुपर्ने बताउनुभएको छ ।
फाइल फोटो

प्रेस सेन्टर नेपाल जिल्ला समिति कास्कीको नवनिर्वाचित कार्यसमितिको शुक्रबार पोखरामा आयोजना गरिएको पदस्थापन कार्यक्रममा उहाँले सञ्चार जगत्ले निरन्तर जनतालाई सुसूचित गराउने कार्यमा लाग्नुपर्नेमा जोड दिनुभयो ।सङ्घीय लोकतान्त्तिक गणतन्त्र र प्राप्त उपलब्धिको रक्षाका लागि सङ्घर्षलाई स्थापित गर्ने र परिर्वतनको रक्षा गर्दे कार्यान्वयनमा रहेका अपूर्णतालाई पूर्णताका लागि सरकार र सम्बन्धित निकायलाई खबरदारी गर्ने काम सञ्चारकर्मीको रहेको मन्त्री शर्माले बताउनुभयो ।

नवनिर्वाचित अध्यक्ष कृष्ण दवाडीले पत्रकारिता तालिमलगायतबाट सञ्चारकर्मीको क्षमता विकास गर्दै पत्रकारिताको गुणात्मक विकासमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।गत कात्तिक १७ गते सम्पन्न जिल्ला अधिवेशनले दवाडीको अध्यक्षतामा २१ सदस्सीय जिल्ला समिति सर्वसम्मत चयन गरेको थियो । प्रेस सेन्टरले शुक्रबारनै पोखरा महानगर समितिको पहिलो अधिवेशनबाट शिवराज बस्ताकोटीको अध्यक्षतामा ११ सदस्यीय पालिकाका कमिटी गठन गरेको छ ।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago