नेपालि विद्यार्थी समाज जापान (नेसाज) को कान्साइ क्षेत्रिय समिति गठन ।

जापान । नेपालि  विद्यार्थी समाज जापान (नेसाज) को कान्साइ क्षेत्रिय समिति गठन कार्यक्रम स्वास्थयको आवस्यक  सतर्कता अपनाउदै हिजो ह्योगो  केन को कोबे सिटि मा सम्पन्न भएको छ।

संस्था का महासचिब सन्जय कार्कि को अध्यक्षता सम्पन्न कार्यक्रम मा प्रमुख अतिथि नेसाज का सल्लाहकार नरेन्द्र बस्नेत बिशिस्ट अतिथि नेसाज कै सल्लाहकार कोबे युनिभर्सिटिका डा भरत नेगि एनआरएनए जापान का उपाध्यक्ष महेश कुमार कटवाल साथै अतिथि मा संस्था का पुर्ब अध्यक्ष निबर्तमान कोषाध्यक्ष एनआरएनए कान्साइ संयोजक लगायतको उपस्थिति  रहेको थियो। 

यस कार्यक्रममा कोरानाको कारण काम नभएर अथवा इमिग्रेसनले निश्चित समय को लागि काम गर्ने अनुमति नदिएर दैनिक जिवन यापनमा साच्चिकै समस्यमा पर्नु भएका हयोगो केन कोवे का बिधार्थिहरुलाइ(兵庫県日本語教育機関連絡会)Hyogo Prefectural Japanese Language Education Liaison Committee र नेसाज को सहकार्यमा भएपनि राहत सामग्रि बितरणको जानकारी उक्त संस्थाका निर्देशक मार्फत गराइएको थियो भने कार्यक्रम स्थलमा ल्याइएको थोरै सामग्री उपस्थित बिद्यार्थी हरुलाई वितरण गरिएको थियो जसको व्यवस्थापन तथा सहजिकरण नेसाज का सल्लाहकार नरेन्द्र बस्नेत र नेसाज का महासचिब सन्जय कार्कि ले गर्नु भएको थियो। 

९ सदस्यि क्षेत्रिय समिति कान्साइ गठन भएको छ । संयोजकमा दल बहादुर दमाइ, उप-संयोजकमा उमेश अधिकारी, सचिबमा किरण अधिकारी सदस्यहरुमा बिजय लामा, बिनोद खड़का, रबिन्द्र अधिकारी, सुनीता घिमिरे, सरु खरेल अर्चना पन्थ रहनु भएकोछ ।  

कार्यक्रम मा बोल्दै संस्था का सल्लाहकार एबम कार्यक्रम का प्रमुख अतिथि  नरेन्द्र बस्नेत ले अहिले को यो बिशम परिस्थितिमा धेरै जसो नेपालि विद्यार्थी  हरु ले स्युस्योकु गर्दै आउनु भएको होटल टुरिजम इजाकाया लगाएत को क्षेत्रमा कोरोना को नराम्रो प्रभाव परेका कारण अध्ययन पुरा गरेर अहिले स्युउस्योकु गर्न  पहिले भन्दा केहि कठिन भएतापनि असम्भव नभएको हुनाले स्वयम् बिधार्थि ले अलिक मिहिनेत गर्दै JLPT,TOEIC  लगायतका परिक्षा उतिर्ण गरेमा थप सहयोग पुग्ने र नेपाल बाट ब्याचलर नगरि आउनु भएका  र जापान मा सेन्मोन गाक्को पछि स्युउस्योकु गर्न गाह्रो महशुस गर्नु भएका विद्यार्थी  हरु ले पुन सेन्न्मोन गाक्कोउ भन्दा पनि दाइगाकु हेन्युउ लगायतका राम्रो बिकल्प हरु खोज्दा उपयुक्त हुने लगायतका बिबिध  विद्यार्थी लाई अति नै महत्वपुर्ण जानकारी दिनु भएको थियो। 

त्यस्तै डा भारत नेगी ले कोरोना पछि जापानमा नेपालीहरुको मृत्यु दर बढेको र त्यसको निराकरणको लागि आवस्यक सर सल्लाह प्रदान गर्दा बिश्वो बिद्यालय अध्ययनमा चासो हुने बिद्यार्थी हरु भएमा आफुले जानेको सकेको सरसल्लाह सहयोग गर्न हरदम तयार रहेको कुरा जानकारी गराउनु भयो। 

अन्तमा सभाअध्यक्ष एबम संस्था का महासचिब सन्जय कार्कि ले नेसाज २०२१-२०२३ कार्यकालमा नेसाज लाइ धेरै भन्दा धेरै नेपालि विद्यार्थी  माझ पुर्याउने उदेश्य ले क्षेत्रिय समिति बिस्तार कार्यक्रम गर्दै आएको र नेपाली विद्यार्थी समाज जापान (नेसाज )ले विजया  दशमी ,शुभ दिपावली ,छठ तथा नेपाल सम्वत् ११४२ को पावन अवसर पारी एतिहासिक स्मारिका प्रकाशन गर्न लागेको जानकारी गराउदै बिधार्थि हरु माझ भएका लेख रचना  नेसाज लाइ पठाउन पनि अनुरोध गर्नु भएको थियो । 

Bishawas Acharya

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

55 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

55 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

55 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

55 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

55 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

55 years ago