जापानको औद्योगिक नगरी टोयोटामा फुटवल प्रतियोगिता सम्पन्न

कविकिरण न्यौपाने,नागोया  । टोयोटा जापानको औद्योगिक नगरी टोयोटामा जापान भरी रहेका नेपाली टिमहरुको फुटवल प्रतियोगिता सम्पन्न भएको छ। विश्वकै व्यस्त देश अनि व्यस्त शहर टोयोटामा दियालो सेभेन ए साईट फुटवल रनिङ्ग कप – २०२१ सफलता पूर्वक सम्पन्न भएको छ।
खेलको आयोजना धरान एफसिले गरेको हो। प्रतियोगितामा जापान भरिबाट १६ टिमले भाग लिएका थिए। सहभागी टिमहरुमा एफ सि धरान व्ल्यक ,एभ्रेष्ट एफ सि,सिजिओका व्ल्याक,वेनि एफ सि,एनएनएफसि,ओशाका व्रदर्श,काभ्रोलि समाज,कोवे युनाईटेड,एफ सि धरान वाईट सहभागी थिए। अन्य टिमहरुमा फुकुओका एफ सि,पोखरा एफ सि,सिजुओका गाईज,सिजुओका ग्रे,योक्काईची एफ सि,एफ सि धरान येल्लो,युनिटि एफ सि सहभागी थिए । प्रतियोगितामा सिजुओका गाईज , सिजुओका प्रथम भयो भने एनएनएसि नागोयाले दोश्रो स्थान प्राप्त गर्यो । फाईनल खेल निकै प्रतिस्प्रधात्मक रहेको थियो । खेल ट्राईवेकरमा २ का विरुद्ध ३ को गोल अन्तरले विजेता तय भएको थियो।
खेलको विजेताले २५२५२५ (दुई लाख बाउन हजार पाँच सय पच्चिस )येन नगद, ट्रफि तथा प्रमाणपत्र र उपविजेताले १५१५१५ ( एक लाख एकाउन्न हजार पाँच सय पन्ध्र )येन नगद, ट्रफि तथा प्रमाणपत्र प्राप्त गरे । खेलमा उत्कृष्ट खेलाडी एनएनएफसिका अनिल गुरुङ्ग भए भने म्यान अफ दि म्याच एनएनएफसिकै रोशन गुरुङ्ग घोषित भए। हाई स्कोरर सिजुओका गाईजका साजन प्रधान भए भने बेष्ट गोलकिपर सिजुओकाकै बिवेक थापा भएका थिए। अग्रजलाई सम्मान स्वरूप ३५ वर्ष पार गरेका एनआरएनए भेट्रान र नागोया भेट्रानको मैत्रीपूर्ण खेल समेत आयोजना भएको थियो। प्रतियोगितामा एनआरएनए नागोयाले नागोया भेट्रान लाई २का बिरुद्ध ३ गोलले पराजित गरेको थियो ।
एनआरएनए टिमका क्याप्टेन समेत रहेका एनआरएनए जापानका सल्लाहकार बिमल अधिकारीले आफुले आफ्नो टिमको तर्फ बाट २ गोल गर्न सफल भएको बताउँदै प्रतियोगिता आयोजना गर्ने आयोजकलाई धन्यवाद दिएका छन्। जापान जस्तो व्यस्त देशमा पनि समय निकालेर यति ठूलो आयोजना गर्नु सानो कुरो नभएको उनको भनाई छ। प्रतियोगिताको समुद्घाटन समारोह नेपालकै पूर्व किक वक्सिङ्ग खेलाडी एवं प्रशिक्षक देव घिमिरेको र समापन कार्यक्रम एनआरएनए जापानका उपाध्यक्ष दिपक कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।
कार्यक्रममा जापानका विभिन्न संघ संस्थामा रहेका नेत्तृत्व तथा प्रतिनिधिहरुको उपस्थिति थियो। प्रतियोगिता हेर्न जापान भरिबाट उल्लेखनिय नेपाली अनि जापनिजहरुको उपस्थिति रहेको थियो। यस खालको प्रतियोगिता प्रत्येक दुई वर्षमा आयोजना गर्ने लक्ष्य लिएको खेल संयोजक तथा धरान एफसिका उपाध्यक्ष सबिन राईले बताए। खेल सम्पन्न गर्नका लागी सहयोग गर्नु हुने सम्पूर्ण महानुभाव एवं संघ संस्थालाई धरान एफसिका अध्यक्ष योमन देवानले धन्यवाद ज्ञापन गरेका छन्, सबैको साथ सहयोग रहेर प्रतियोगिता सफलता पूर्वक सम्पन्न हुन सक्यो उनले भने।
Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago