जापानको औद्योगिक नगरी टोयोटामा फुटवल प्रतियोगिता सम्पन्न

कविकिरण न्यौपाने,नागोया  । टोयोटा जापानको औद्योगिक नगरी टोयोटामा जापान भरी रहेका नेपाली टिमहरुको फुटवल प्रतियोगिता सम्पन्न भएको छ। विश्वकै व्यस्त देश अनि व्यस्त शहर टोयोटामा दियालो सेभेन ए साईट फुटवल रनिङ्ग कप – २०२१ सफलता पूर्वक सम्पन्न भएको छ।
खेलको आयोजना धरान एफसिले गरेको हो। प्रतियोगितामा जापान भरिबाट १६ टिमले भाग लिएका थिए। सहभागी टिमहरुमा एफ सि धरान व्ल्यक ,एभ्रेष्ट एफ सि,सिजिओका व्ल्याक,वेनि एफ सि,एनएनएफसि,ओशाका व्रदर्श,काभ्रोलि समाज,कोवे युनाईटेड,एफ सि धरान वाईट सहभागी थिए। अन्य टिमहरुमा फुकुओका एफ सि,पोखरा एफ सि,सिजुओका गाईज,सिजुओका ग्रे,योक्काईची एफ सि,एफ सि धरान येल्लो,युनिटि एफ सि सहभागी थिए । प्रतियोगितामा सिजुओका गाईज , सिजुओका प्रथम भयो भने एनएनएसि नागोयाले दोश्रो स्थान प्राप्त गर्यो । फाईनल खेल निकै प्रतिस्प्रधात्मक रहेको थियो । खेल ट्राईवेकरमा २ का विरुद्ध ३ को गोल अन्तरले विजेता तय भएको थियो।
खेलको विजेताले २५२५२५ (दुई लाख बाउन हजार पाँच सय पच्चिस )येन नगद, ट्रफि तथा प्रमाणपत्र र उपविजेताले १५१५१५ ( एक लाख एकाउन्न हजार पाँच सय पन्ध्र )येन नगद, ट्रफि तथा प्रमाणपत्र प्राप्त गरे । खेलमा उत्कृष्ट खेलाडी एनएनएफसिका अनिल गुरुङ्ग भए भने म्यान अफ दि म्याच एनएनएफसिकै रोशन गुरुङ्ग घोषित भए। हाई स्कोरर सिजुओका गाईजका साजन प्रधान भए भने बेष्ट गोलकिपर सिजुओकाकै बिवेक थापा भएका थिए। अग्रजलाई सम्मान स्वरूप ३५ वर्ष पार गरेका एनआरएनए भेट्रान र नागोया भेट्रानको मैत्रीपूर्ण खेल समेत आयोजना भएको थियो। प्रतियोगितामा एनआरएनए नागोयाले नागोया भेट्रान लाई २का बिरुद्ध ३ गोलले पराजित गरेको थियो ।
एनआरएनए टिमका क्याप्टेन समेत रहेका एनआरएनए जापानका सल्लाहकार बिमल अधिकारीले आफुले आफ्नो टिमको तर्फ बाट २ गोल गर्न सफल भएको बताउँदै प्रतियोगिता आयोजना गर्ने आयोजकलाई धन्यवाद दिएका छन्। जापान जस्तो व्यस्त देशमा पनि समय निकालेर यति ठूलो आयोजना गर्नु सानो कुरो नभएको उनको भनाई छ। प्रतियोगिताको समुद्घाटन समारोह नेपालकै पूर्व किक वक्सिङ्ग खेलाडी एवं प्रशिक्षक देव घिमिरेको र समापन कार्यक्रम एनआरएनए जापानका उपाध्यक्ष दिपक कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।
कार्यक्रममा जापानका विभिन्न संघ संस्थामा रहेका नेत्तृत्व तथा प्रतिनिधिहरुको उपस्थिति थियो। प्रतियोगिता हेर्न जापान भरिबाट उल्लेखनिय नेपाली अनि जापनिजहरुको उपस्थिति रहेको थियो। यस खालको प्रतियोगिता प्रत्येक दुई वर्षमा आयोजना गर्ने लक्ष्य लिएको खेल संयोजक तथा धरान एफसिका उपाध्यक्ष सबिन राईले बताए। खेल सम्पन्न गर्नका लागी सहयोग गर्नु हुने सम्पूर्ण महानुभाव एवं संघ संस्थालाई धरान एफसिका अध्यक्ष योमन देवानले धन्यवाद ज्ञापन गरेका छन्, सबैको साथ सहयोग रहेर प्रतियोगिता सफलता पूर्वक सम्पन्न हुन सक्यो उनले भने।
Bishawas Acharya

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

56 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

56 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

56 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

56 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

56 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

56 years ago