सिद्धार्थ राजमार्ग अबरुद्ध – राजमार्ग फराकिलो बनाउन खनिएको सडकका कारण पहिरो

जमेर बसेको पहाडलाई बाटो फराकिलो गर्न स्काभेटर प्रयोग गरी माथी-माथिसम्म खन्ने कार्य बाट पहिरोको झन जोखिम बढेको छ ।

स्याङ्जा, ३० जेठ । गएराती देखि परेको वर्षाका कारण खसेको पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध बनेको छ । स्याङ्जाको भालुपहाडमा गएको पहिरोको कारण राजमार्ग अवरुद्ध भएको हो । रातिदेखिको निरन्तर वर्षा र राजमार्ग फराकिलो बनाउन खनिएको सडकका कारण पहिरो गएको स्थानीयवासीले बताएका छन । पहिरो राती २ बजे ठुलो चट्टान सहित खसेको थियो । जसकाकारण निषेधाज्ञाका बिचमा चलेका अत्यावश्यक सवारी साधन सडकमा नै अलपत्र परेका छन् ।

फाइल तस्बिर

जमेर बसेको पहाडलाई बाटो फराकिलो गर्न स्काभेटर प्रयोग गरी माथी-माथिसम्म खन्ने कार्यबाट पहिरोको झन जोखिम बढेको छ । सडक खुलाउन पोखराबाट डोजर बोलाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रबक्ता, प्रहरी नायव उपरीक्षक राजेन्द्र अधिकारीले बताउनुभयो । अहिले पनि पहिरो झरिरहेको हुँदा बाटोमा रहेको पहिरो पन्छाउन समस्या भएको प्रहरी प्रवक्ता अधिकारीले बताउनुभयो ।
पछिल्लो समय सडक चौडा बनाउन राजमार्गको विभिन्न स्थानमा सडक खनिएको कारण राजमार्गमा यात्रा गर्न निकै जोखिम हुन थालेको छ । राजमार्ग अन्तर्गत बुटवल पोखरा सडकखण्डमा स्याङ्जा भित्र मात्र दर्जन भन्दा बढी स्थानमा पहिरोको जोखिम बढेको छ । यस्तै राजमार्गको निकै जोखिम रहेको स्थान सिद्धबाबा क्षेत्र जस्तै भालुपाहाड क्षेत्रमा पहिरो जाने र समय-समयमा ढुङ्गा खस्ने हुँदा राजमार्गको यात्रा निकै जोखिम बनेको छ ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago