नयाँ सरकार गठनको प्रयास : महन्थ ठाकुर र राजेन्द्र महतो देउवा निवास पुगेर फर्किए

काठमाडौं : नयाँ सरकार गठनका लागि विपक्षी दलहरुको प्रयास जारी छ। यसै विषयमा छलफल गर्न जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर निवास बुढानिलकण्ठ पुगेका छन्।

फाइल फोटो

दिउँसो ११ बजे नेताद्वय बुढानिलकण्ठ पुगेका थिए। करिब आधा घण्टा कुराकानीपछि दुबै नेता बुढानिलकण्ठबाट बाहिरिएको बुढानिलकण्ठ स्रोतले जनायो। बैठकमा नयाँ सरकार गठनमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भए पनि ठोस निर्णय हुन नसकेको बताइएको छ।

कांग्रेसका सभापति देउवाले नयाँ सरकारमा आफ्नो नेतृत्वका लागि दाबी पेश गर्दै छन्। माओवादी केन्द्र, जनता समाजवादी पार्टीको समर्थनमा देउवाले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष दाबी पेश गर्ने तयारी भएको कांग्रेस महामन्त्री डा शशांक कोइरालाले जानकारी दिए।

एमालेका माधव नेपाल पक्षका नेताहरुसँग पहल जारी राखिएको र जसपाका नेताहरुसँग पनि भेटवार्ता जारी राखिएको कोइरालाले जनाए। ‘नयाँ सरकार गठनका लागि पहल जारी छ। दिनभरमा केही होला,’ महामन्त्री कोइरालाले भने।

देउवाले तीन दलको छलफललाई अझ घनीभुत बनाउन पार्टीका अर्का महामन्त्री पूर्णबहादुर खड्का, संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाण र रमेश लेखकलाई खटाएको कोइरालाले बताए। प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा विश्वासको मत गुमाएसँगै राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आह्वान गरेकी थिइन्। उक्त समय आज राति ९ बजे सकिँदैछ।

नयाँ सरकार गठनका लागि एमालेको माधव नेपाल पक्षको मतलाई कांग्रेसले आशा गरिरहेको छ। यद्यपि नेपाल पक्षले अझै ठोस निर्णय गरिसकेको छैन। नेपाल पक्षलाई आफूतिर तान्न ओलीले आजै स्थायी कमिटी डाकी नेपालसहित चार नेताको निलम्बन फूकुवा गरेको छ।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago