नयाँ सरकार गठनको प्रयास : महन्थ ठाकुर र राजेन्द्र महतो देउवा निवास पुगेर फर्किए

काठमाडौं : नयाँ सरकार गठनका लागि विपक्षी दलहरुको प्रयास जारी छ। यसै विषयमा छलफल गर्न जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर निवास बुढानिलकण्ठ पुगेका छन्।

फाइल फोटो

दिउँसो ११ बजे नेताद्वय बुढानिलकण्ठ पुगेका थिए। करिब आधा घण्टा कुराकानीपछि दुबै नेता बुढानिलकण्ठबाट बाहिरिएको बुढानिलकण्ठ स्रोतले जनायो। बैठकमा नयाँ सरकार गठनमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भए पनि ठोस निर्णय हुन नसकेको बताइएको छ।

कांग्रेसका सभापति देउवाले नयाँ सरकारमा आफ्नो नेतृत्वका लागि दाबी पेश गर्दै छन्। माओवादी केन्द्र, जनता समाजवादी पार्टीको समर्थनमा देउवाले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष दाबी पेश गर्ने तयारी भएको कांग्रेस महामन्त्री डा शशांक कोइरालाले जानकारी दिए।

एमालेका माधव नेपाल पक्षका नेताहरुसँग पहल जारी राखिएको र जसपाका नेताहरुसँग पनि भेटवार्ता जारी राखिएको कोइरालाले जनाए। ‘नयाँ सरकार गठनका लागि पहल जारी छ। दिनभरमा केही होला,’ महामन्त्री कोइरालाले भने।

देउवाले तीन दलको छलफललाई अझ घनीभुत बनाउन पार्टीका अर्का महामन्त्री पूर्णबहादुर खड्का, संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाण र रमेश लेखकलाई खटाएको कोइरालाले बताए। प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा विश्वासको मत गुमाएसँगै राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आह्वान गरेकी थिइन्। उक्त समय आज राति ९ बजे सकिँदैछ।

नयाँ सरकार गठनका लागि एमालेको माधव नेपाल पक्षको मतलाई कांग्रेसले आशा गरिरहेको छ। यद्यपि नेपाल पक्षले अझै ठोस निर्णय गरिसकेको छैन। नेपाल पक्षलाई आफूतिर तान्न ओलीले आजै स्थायी कमिटी डाकी नेपालसहित चार नेताको निलम्बन फूकुवा गरेको छ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago