बुटवलमा थप तीनजना संक्रमितको मृत्यु

बुटवल ,३० वैशाख। रुपन्देहीमा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । मृत्यु हुने तीनजना मध्ये दुईजना तिलोत्तमा नगरपालिकाका र एकजना बुटवलका छन् ।

सांकेतिक तस्बिर फाइल फोटो

बुटवल–६ का ८१ वर्षीय पुरुषको लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सीमा बिहीबार बिहान ५.३० बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए ।

यस्तै तिलोत्तमा–५ का ७५ वर्षका पुरुषको बुटवल धागो कारखानाको कोभिड अस्पतालमा बिहान ७.४५ बजे तथा तिलोत्तमा–१३ का ५५ वर्षीय पुरुषको बुधबार राति ८.१५ बजे मृत्यु भएको प्रवक्ता गौतमले बताए । उनीहरु मध्ये एकजना आईसीयू र एकजना एचडीयूमा उपचाररत थिए ।

योसँगै रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु हुने संख्या ३१२ पुगेको छ । जिल्लामा ७००२ जना सक्रिय संक्रमित छन् । बुधबार रुपन्देहीमा हालसम्मकै धेरै १६ जना संक्रमितको मृत्यु भएको थियो ।

Bishawas Acharya

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago