बहुमतको सरकार गठनको आज अन्तिम दिन,

३० वैशाख, काठमाडौं दुई वा दुई भन्दा बढी दल मिलेर बहुमतको आधारमा सरकार गठन गर्न राष्ट्रपतिले दिएको समयसीमा आजसकिंदै तर राजनीतिक दलहरुबीच नयाँ सत्ता गठबन्धन बन्न सकिरहेको छैन

सत्ता समीकरणमा निर्णायक जस्तो देखिएको जनता समाजवादी पार्टी (जसपा) नयाँ सरकार गठनको विषयमा दुई धारमा बिभाजितभएपछि नयाँ सरकारको नेतृत्व गर्न कस्सिएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस अप्ठ्यारोमा परेको त्यसैले कांग्रेस अब एमालेकोमाधव नेपाल पक्षसँग सहकार्यको हात बढाउने रणनीतिमा जुटेको

कांग्रेस नेता एनपी साउदले एमालेभित्रको अन्तरविरोधलाई नजिकबाट नियालीरहेको सभापति शेरबहादुर देउवाले माधव नेपाल पक्षकानेताहरुसँग छलफल जारी राखेको बताए नेता साउदले अनलाइनखबरसँग भने, ‘हामी सबै पक्षलाई मिलाएर अघि बढ्न चाहन्छौंयसैक्रममा एमालेभित्रको उत्पीडित असन्तुष्ट पक्षसँग पनि हाम्रो छलफल भइरहेको

यद्यपि नयाँ सत्ता समीकरण बन्ने गरी प्रगति नभइसकेको उनले स्वीकार गरे नेता साउदले भने, ‘जसपाले एक ढिक्का भएर निर्णयगरिसकेको छैन यहीबीचमा डा. बाबुराम भट्टराईको पछिल्लो धारणालाई संशय पैदा गरेको डा. भट्टराईले पूर्व बहालवालाप्रधानमन्त्री बाहेकको नेतृत्वमा नयाँ सरकार गठन गर्नुपर्ने धारणा ट्वीटरमार्फत् सार्वजनिक गरेका थिए

दुई वा दुईभन्दा धेरै दल मिलेर बहुमतको सरकार बनाउन नसके संविधानको धारा ७६ को उपधारा अनुसार सबभन्दा ठूलो दलकोहैसियतले फेरि ओलीकै नेतृत्वमा सरकार बन्ने सम्भावना

तर ओलीले फेरि पनि ३० दिन भित्र विश्वासको मत लिनुपर्छ विपक्षीको अहिले अहिलेसम्मको स्थितिलाई हेर्दा ओलीको पक्षमाविश्वासको मत पुग्ने देखिंदैन संसदमा कसैको पनि बहुमत नपुग्ने स्थिति आएमा संसद विघटन गरी देश पुनः चुनावमा धकेलिने नेताहरुबताउँछन्

बहुमतको सरकार बन्ने एउटा सम्भावना

बहुमतको आधारमा नयाँ सरकार गठन हुने एउटा सम्भावना एमालेको विभाजन हो ओली नेतृत्वको सरकारलाई विस्थापन गर्नुपर्नेपक्षमा उभिएका माधव नेपाल पक्षका सांसदहरुले राजीनामा दिए भने त्यो सम्भावना रहन्छ

प्रतिनिधिसभामा हाल कायम संख्या २७१ हो नेपाल पक्षका २८ सांसद छन् उनीहरुले राजीनामा दिएमा संसदमा तत्काल कायमसंख्या २४३ हुन्छ १२१ मत पाएमा बहुमत पुग्छ विपक्षी गठबन्धनको नयाँ सरकार बन्न सक्छ

यसअघि प्रधानमन्त्री ओलीले विश्वासको मत लिने दिन गत सोमबार नै नेपाल पक्षका सांसदहरुले राजीनामा दिने चर्चा चलेको थियो यद्यपि उनीहरुले तत्कालको अवस्थामा संसदमा अनुपस्थित भएर ओलीलाई असहयोग गर्ने निर्णय गरेका थिए

प्रधानमन्त्री ओलीले विश्वासको मत लिने दिन गत सोमबार एमालेको माधव नेपाल पक्षका २८ सांसदहरु संसदमा अनुपस्थित भएकाथिए विश्वासको मतमा मतदान गर्ने बेलामा जसपा अध्यक्ष महन्थ ठाकुर पक्षका १५ सांसद तटस्थ बसेका थिए भने अर्का अध्यक्ष उपेन्द्रयादव डा. बाबुराम भट्टराई पक्षकाले विपक्षमा मतदान गरेका थिए कांग्रेस माओवादी केन्द्र पनि विपक्षमै उभिएका थिए

गत सोमवार प्रधानमन्त्री ओलीको विश्वासको मतमा ९३ मत उनको विपक्षमा १२४ मत आएको थियो संसदमा तत्काल कायमसंख्याको आधारमा बहुमत प्राप्त गर्न १३६ मत ओलीलाई आवश्यक थियो तर ओलीले विश्वासको मत पाउन सकेनन् सरकारकामचलाउमा परिणत भएको

गत सोमबारको संसद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत गुमाएका थिए सोही दिन राष्ट्रपति विद्यादेवी भण्डारीलेदलहरुलाई बहुमतको सरकार गठनका लागि तीन दिनको समयसीमा दिएकी थिइन्, जुन वैशाख ३० गते सकिंदै

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago