काठमाडौ । सनातन धर्म महासंघ नेपालले पशुपतिको श्लेषमान्तक बनमा भइरहेको इसाइ क्रिश्चियन सम्प्रदायको चिहान निर्माण कार्य तत्काल रोक्न पशुपति क्षेत्र विकास कोषलाई ज्ञापन पत्र बुझाएको छ । महासंघका महासचिव अम्मर परियारको नेतृत्वमा एक समूहले विकास कोषका सदस्य सचिव डा. प्रदिप ढकाललाई ज्ञापनपत्र हस्तान्तरण गरेको हो ।
सर्वोच्च अदालतको वि.स. २०६८ जेष्ठ १ गतेको परमादेश विपरित पशुपतिनाथको वनक्षेत्रमा इसाइ (क्रिश्चियन) धर्मावलम्बीहरूले आजपर्यन्त लाश गाड्ने र पक्की चिहान बनाउने कार्य गरिरहेको हुँदा यस्तो कार्य तत्काल रोक्न महासंघले माग गरेको छ । नेपालका मौलिक धार्मिक सम्प्रदायमाथि एकपछि अर्को विदेशी विधर्मी आक्रमण भइरहेको अवस्थामा पशुपति जस्तो हिन्दूहरूको आस्थाको केन्द्रमा इसाइ चिहान बन्नु हाम्रो धर्ममाथि आक्रमणको रुपमा लिएका छौ । पशुपति विकास कोषले यसलाई तत्काल नरोके अप्रिय कदम चाल्न बाध्य हुने र त्यसको जिम्मा पशुपति विकास क्षेत्र कोषले लिनुपर्ने सनातन धर्म महासंघका महासचिव अम्मर परियारले बताउनुभयो ।
सांस्कृतिक सम्पदामाथि दैनिक रुपमा अतिक्रमण बढेपछि संसदीय अनुगमन समितिले पशुपति क्षेत्रको अनुगमनका क्रममा अतिक्रमण रोक्न सरोकार भएका निकायलाई निर्देशन दिएको थियो ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…