काठमाडौं : ब्रोकरहरुको छाता संगठन स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै टी प्लस टु पश्चात लगानीकर्ताको विवरण अद्यावधिक नभएका वा प्रणालीसँग सम्बन्धित अन्य कुनै कारणले गर्दा समयमा नै भुुक्तानी प्रणालीमार्फत रकम प्राप्त गर्न नसकेको अवस्थामा ब्रोकर कार्यालयमा गई चेकको माध्यम बाट भुक्तानी लिन आग्रह गरेको हो ।सेयरको बिक्री गरेको रकम प्रणालीमार्फत भुक्तानी हुन नसकेमा सम्बन्धित ब्रोकर कार्यालयबाट चेक मार्फत भुक्तानी लिन लगानीकर्तालाई सेयर ब्राकरहरुले अनुरोध गरेका छन् ।
धितोपत्र भुक्तानी सम्बन्धि समस्या समधान गर्न व्यावसायी र सीडीएस एन्ड क्ल्यिरिङ लिमिटेडको सयुक्त पहलमा प्रणालिको विकास गरी परिक्षणको क्रममा रहेको पनि विज्ञप्तिमा उल्लेखछ । निकट भविश्यमै यो प्रणाली सञ्चालनमा आउने र धितोपत्रको भुक्तानीसँग सम्बन्धित लगानिकर्ताका गुनासाहरु पूर्ण रुपमा समधान गर्न सकिने ब्रोकरहरुको भनाई छ ।
आधिकारिक प्रतिनिधि तथा सब–ब्रोरकको माध्यमबाट देशका हरेक क्षेत्रमा दोस्रो बजार विस्तार गर्न र मार्जिन टे«डिङ, लगानी परामर्श, लगानी व्यवस्थापन र इन्ट्रा डे कारोबार जस्ता थप सेवाहरु प्रवाह गरी बजारलाई थप गति प्रदान गर्ने तिब्र इच्छा रहेको एसोसिएसनले जनाएको छ ।
सम्बन्धित पक्षहरुको उचित सहयोग पाएमा आगामी साउन १ गतेबाट उक्त प्रणाली लगानीकर्ताले प्रयोग गर्न पाउने ब्रोकरहरुले जनाएका छन् । उक्त प्रणालीमा मल्टी एसेट, मल्टी एक्सचेन्ज ट्रेडिङ प्ल्याटफर्म रहेको र सेयर, डिबेन्चर, बन्ड, डेरिभेटिभ्स, करेन्सी लगायत विभिन्न उपकरणहरुको कारोबार एक वा एक भन्दा बढी स्टक वा डेरिभेटिभ्स एक्सचेन्जमा एकैसाथ गर्न सकिने छ ।
साथै मोबाइल एप्लिकेसनसहितको यो प्रणालीले लगानीकर्ताहरुलाई कारोबार गर्न थप सहजता प्रदान गर्नेछ । अर्थतन्त्र,बजार तथा सूचीकृत कम्पनिको आधारभूत तथा प्राविधिक विश्लेशण गर्न सकिने गरी यस प्रणालिमा तथ्याङ्कहरु राखिने छन् ।
लगानीकर्ताहरुले आफ्नो कारोबारको सम्पूर्ण हिसाब तथा आफ्नो पोर्टफोलियो तथा नाफा घाटाको अवस्था पनि यसैप्रणाली मार्फत हेर्न पाउने व्यवस्था रहने छ । स्टप लस, टेक प्रोफिट, आफ्टर मार्केट अर्डर, हाइ फ्रिक्वेन्सी ट्रेडिङ जस्ता आदेश व्यवस्थापन विशेषताले गर्दा कारोबार गर्न निकै सहज हुने ब्रोकरहरुको भनाई छ ।
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…
शपथथग्रहण समारोहपछि नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की उनका श्रीमान दुर्गा सुवेदी, हामी नेपाल अभियानका सुदन गुरुङ…
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण…
२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले…