पाल्पा । पाल्पाको तानसेन बजार क्षेत्र र गाउँका बिभिन्न क्षेत्रमा चोरीका घटना बढेका छन । दैनिक रुपमा चोरीका घटनाहरु बढेपछी चिन्ता थपिएको छ । चोरीमा संलग्नहरुको पहिचान हुन सकेको छैन ।
गएराति तानसेन नगरपालिका १ गोर्खेकोटकी जानुका बस्यालको घरमा च्यानल गेटमा लगाएको ताल्चा फुटाली चोरी भएको हो । बस्याल माईत गएको अवस्थामा उनको अगाडिको च्यानल गेटबाट भित्र पसि टिनको दराज खोली दराज भित्र रहेको नगद २५ हजार र सुनको बिभिन्न गरगहना गरि १३ तोला गरि १२ लाख रुपैयाँ बराबरको चोरी भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । चोरी भएको भन्ने जनाकारी प्राप्त हुन साथ जिल्ला प्रहरी कार्यालय पाल्पाबाट प्रहरी अधिकृत सहितको अनुसन्धान टोली खटिई गई घटनामा संलग्न व्यक्तिहरुको खोजतलास एवम् थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ । पछिल्ला केही दिनमा यस क्षेत्रमा चोरीका घटनाहरु बढ्दै गएपनि प्रहरीले चोरीमा संलग्नहरुको पहिचान गर्न सकेको छैन । जसका कारणले स्थानीयले चिन्ता ब्यक्त गरेका छन् ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…