सभाबाट योजना संशोधन गदै पूर्वखोला

पाल्पा २९ पुस । पाल्पाका स्थानीय सरकारहरुले हिउँदे गाउँसभाहरु गरेका आफ्ना नीति तथा कार्यक्रमहरु संशोधन र प्रगति समिक्षा गर्न थालेका छन् । पूर्वखोला गाउँपालिका पाल्पाले हिउँदे सभाबाट ११ वटा योजनाहरु नाम संशोधन, वडास्तरीय १७ वटा योजनाको रकमान्तर, पालिकास्तरीय ९ वटा योजनामा बजेटको व्यवस्थापन र १४ वटा योजनाको बजेट संशोधन गरेको छ । विनियोजित बजेटमा छुट भएको तर पालिकाले संचालन नगरी नहुने १४ वटा योजनाहरु भएकाले त्यसमा गाउँसभाबाट बजेटको व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष नून बहादुर थापाले बताउनु भयो । पोखन्दी खानेपानी योजना पहुँच मार्गलाई १० लाख, सिलुवा स्वास्थ्य चौकी (बर्थिङ सेन्टर) ५ लाख, स्मार्ट कृषि कार्यक्रम १० लाख, कृषि बस्तु निर्यातको लागि गाडी खरिदमा १२ लाख ५० हजार, अर्खलडाँडा खानेपानी योजना १२ लाख र १५ शैयाको अस्पताल निर्माणलाई एक करोड बजेट व्यवस्थापन गरिएको छ । पालिकाले भौतिक पूर्वाधारका अतिरिक्त लक्षित वर्ग कार्यक्रम, स्वास्थ्य चौकीमा अल्ट्रासाउण्ड स्थापना, विज्ञान प्रयोगशाला निर्माण, पिडालु खरिद, दुग्ध उत्पादनमा आधारित अनुदान, युवा रोजगार कार्यक्रम, बाँझो जग्गा अन्नखेती अनुदान र सीप तथा क्षमता विकास कार्यक्रमहरुमा बजेट व्यवस्था गरेको छ ।
सातौं गाउँसभाले प्रस्तुत ४८ करोड ९७ लाख ६५ हजार बजेट मध्ये हालसम्म २० प्रतिशत प्रगति हासिल गरेको छ । कोरोना कहरले पालिकाको सेवा बन्द गर्नु परेकाले प्रगति केही कम देखिएको तर बार्षिक कार्ययोजना अनुसार काम भएको, योजनाहरु सम्झौता र ठेक्का बन्दोबस्ती भएकाले बाँकी अवधिामा पालिकाको प्रगति राम्रो हुने प्रमुख प्रशासकिय अधिकृत ज्ञानु प्रसाद पनेरुले बताउनु भयो । पालिकाले आर्थिक बर्ष २०७७–०७८ यस अवधिमा १४ वटा ऐन, कार्यविधि र निर्देशिका निर्माण गरेको छ । हिउँदे सभा तिनाउ र वगनासकाली गाउँपालिकाले पनि गरिसकेका छन् ।

bhabindra gautam

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago