सभाबाट योजना संशोधन गदै पूर्वखोला

पाल्पा २९ पुस । पाल्पाका स्थानीय सरकारहरुले हिउँदे गाउँसभाहरु गरेका आफ्ना नीति तथा कार्यक्रमहरु संशोधन र प्रगति समिक्षा गर्न थालेका छन् । पूर्वखोला गाउँपालिका पाल्पाले हिउँदे सभाबाट ११ वटा योजनाहरु नाम संशोधन, वडास्तरीय १७ वटा योजनाको रकमान्तर, पालिकास्तरीय ९ वटा योजनामा बजेटको व्यवस्थापन र १४ वटा योजनाको बजेट संशोधन गरेको छ । विनियोजित बजेटमा छुट भएको तर पालिकाले संचालन नगरी नहुने १४ वटा योजनाहरु भएकाले त्यसमा गाउँसभाबाट बजेटको व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष नून बहादुर थापाले बताउनु भयो । पोखन्दी खानेपानी योजना पहुँच मार्गलाई १० लाख, सिलुवा स्वास्थ्य चौकी (बर्थिङ सेन्टर) ५ लाख, स्मार्ट कृषि कार्यक्रम १० लाख, कृषि बस्तु निर्यातको लागि गाडी खरिदमा १२ लाख ५० हजार, अर्खलडाँडा खानेपानी योजना १२ लाख र १५ शैयाको अस्पताल निर्माणलाई एक करोड बजेट व्यवस्थापन गरिएको छ । पालिकाले भौतिक पूर्वाधारका अतिरिक्त लक्षित वर्ग कार्यक्रम, स्वास्थ्य चौकीमा अल्ट्रासाउण्ड स्थापना, विज्ञान प्रयोगशाला निर्माण, पिडालु खरिद, दुग्ध उत्पादनमा आधारित अनुदान, युवा रोजगार कार्यक्रम, बाँझो जग्गा अन्नखेती अनुदान र सीप तथा क्षमता विकास कार्यक्रमहरुमा बजेट व्यवस्था गरेको छ ।
सातौं गाउँसभाले प्रस्तुत ४८ करोड ९७ लाख ६५ हजार बजेट मध्ये हालसम्म २० प्रतिशत प्रगति हासिल गरेको छ । कोरोना कहरले पालिकाको सेवा बन्द गर्नु परेकाले प्रगति केही कम देखिएको तर बार्षिक कार्ययोजना अनुसार काम भएको, योजनाहरु सम्झौता र ठेक्का बन्दोबस्ती भएकाले बाँकी अवधिामा पालिकाको प्रगति राम्रो हुने प्रमुख प्रशासकिय अधिकृत ज्ञानु प्रसाद पनेरुले बताउनु भयो । पालिकाले आर्थिक बर्ष २०७७–०७८ यस अवधिमा १४ वटा ऐन, कार्यविधि र निर्देशिका निर्माण गरेको छ । हिउँदे सभा तिनाउ र वगनासकाली गाउँपालिकाले पनि गरिसकेका छन् ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago