‘पुँजी बजारले ८० प्रतिशत मानिसलाई भोकै/नाङगै पार्छ, त्यसका विरुद्ध लड्नुपर्छ’ पुष्पकमल दाहाल

पहिले पुँजीको लगानी उद्योग र उत्पादनमा हुन्थ्यो । त्यहाँबाट आउने नाफा पुँजीपतिहरुले लिन्थे । आजभोली पुँजीको लगानी उत्पादनमा हुँदैन् । पुँजीको लगानी पुँजीमै हुन्छ । वित्तिय पुँजीवादको मुख्य विशेषता यहि हो की पुँजीको लगानी पुँजीमै हुने र त्यहिबाट नाफा कमाउने । अहिले हेर्ने हो भने धितोपत्र बोर्ड, सट्टा बजार, आईएमएफ, वल्र्ड बैंक, एसियाली बैंकलाई तपाई हामीले हेर्दा यी बैंक हुन् ।

पैसा यता उता गर्छन भन्ने जस्तो लाग्छ । तर त्यति सजिलो होइनन् यी सब । यो साम्राज्यवादको विकसित रुपहरु हुन् । यो वित्तिय एकाधिकार पुँजीवादलाई बलियो बनाउने, त्यसलाई अघि बढाउने र नाफा सोहोरेर संसारका केहि मुठ्ठिभर सिमित पुँजीपतिहरुको संसारकै धन एकठ्ठा र विश्वका विश्वका अत्यधिक धेरै ८० प्रतिशत जनसंख्यालाई भोको नाङगो प्रणाली हो यो ।

सिधै पुँजीबाट पुँजी लिने । पुँजीको लगानी अब उत्पादनमा हुँदैन् । सट्टा बजारमा हुन्छ । धितो पत्र बजारमा हुन्छ । बैंकहरुले सिधै पुँजी घर जग्गा किनबेचमा लगाउँछन् । जग्गाको किनबेचबाट सिधै पैसा कमाउँछन् । त्यसबाट त सिधै अरबौं अरब नाफा थुप्रिने भयो । विश्व भरि नै यस्तोमा पुँजी लगानी हुन थाल्यो । त्यसो हुँदा अब मजदुरहरु कटौती हुँदै जान थाले । त्यसकारण यसको विश्लेषण गरेर यससँग लड्ने तरिका खोज्नु छ हामीले । जसरी औद्योगीक पुँजीवादसँग लड्ने तरिका माक्र्सले भन्नु भयो । साम्राज्यवाद र एकाधिकारवादी पुँजीवादसँग लड्ने तरिका लेनिनले भन्नु भयो ।

माओले संसोधनवादसँग लड्ने तरिका भन्नु भयो । हामीले चाँही अब यो वित्तिय एकाधिकारवादी पुँजीवादसँग लड्ने तरिका, भूमण्डीकृत वित्तिय पुँजीवादसँग लड्ने तरिका खोज्नुपर्ने अवस्था आएको छ । माक्र्स, लेनिन र माओका पुस्तकहरुमा नभेटिएको यो समस्याको समाधान नखोजेसम्म हामीले उज्यालो(इनलाइटनमेन) आउँदैन् । (माओवादी केन्द्रको प्रदेश सम्मेलन उद्घाटन कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहालले व्यक्त गरेको विचार)

Sanjay poudyal

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago