नेपाली विधार्थी समाज जापानको १९ औ अधिवेशन सम्पन्न

कविकिरण न्यौपाने ,नागोया । जापान नेपाली विधार्थी समाज जापानको १९ औ अधिवेशन सम्पन्न भएको छ। कोरोनाको महामारीलाई मध्यनजर गर्दै भर्चुअल रुपमा अधिवेशन सम्पन्न भएको हो।

नेसाज २०१९-२१ का अध्यक्ष कृष्ण प्रसाद भुसालको अध्यक्षता र एनआरएनए एसिया प्यासिफ़िकका संयोजक गोविन्द श्रेष्ठ को प्रमुख आतिथ्यता कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा नेसाजका पुर्व अध्यक्षहरु डा सरोज कंडेल ,रिसभ पौडेल ,बिमल अधिकारी , सन्देश पोख्रेल ,तेज प्रकाश गुरुङ लगाएतले नेसाजको बारेमा प्रकास पारेका थिए। कार्यक्रममा नेसाजका सल्लाहकारहरु,जापानमा सक्रिय विभिन्न संघ संस्थाका प्रतिनिधीहरुले कार्यक्रमको सफलताका शुभ कामना दिएका थिए।

कार्यक्रमलाई नेसाजका सल्लहाकार नरेन्द्र बस्नेत, एनआरएनए जापानका सचिव बिष्णुप्रसाद घिमिरे ,एनआरएनए जापानका प्रबक्ता सिदार्थ श्रेष्ठ, महिला सम्योजक संगिता अधिकारी ,एनआरएनए जापानका पूर्व उपाध्यक्ष शिवप्रसाद पौडेल, एनआरएनए नागोयाका निवर्तमान अध्यक्ष श्याम सितल ,नागोया तमाङ समाजका अध्यक्ष सञ्जय तमाङ मन्डेला लगाएतले मन्तव्य राखेका थिए। नेसाजका महासचिव अजय रानाले संचालान गरेका कार्यक्रममा नेसाजका वरिष्ठ उपाध्यक्ष एवम् अधिवेशन संयोजक प्रकाश भण्डारी क्षेत्रीले स्वागत मन्तब्य राखेका थिए भने नेसाजका कोषाध्यक्ष विकाश अधिकारीले नेसाजको आर्थिक प्रतिवेदन पेस गरेका थिए।

अधिवेशनमा नेसाजका पूर्व अध्यक्ष तेज प्रकाश गुरुङले संस्थाको विधान अनुसार अजय रानाको अध्यक्षतामा २०२१-२३ को नया कार्यसमितिको घोषणा गरेका थिए। उपाध्यक्षमा पवन श्रेष्ठ, महासचिवमा सन्जय कार्की , सचिवमा निराजन भण्डारी, सहसचिवमा ईश्वर थापा, कोषाध्यक्षमा सुनील ज्ञवाली , सहकोषाध्यक्षमा रिन्कु कार्की सर्वसम्मत चयन भएका छन। त्यस्तै सदस्यहरुमा नविना भण्डारी,मनोज अधिकारी,कृष्ण परिवार,सुभर्ण भट्ट,शौरभ कार्की,अमित श्रेष्ठ ,राजेन्द्र गिरी ,रोशन भट्टराई,हरी प्रसाद न्यौपाने, कृष्ण खनाल,विकाश न्यौपाने, सुवास लामिछाने रहेका छन।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago