कास्की पोखरा समाज जापानद्वारा पोखराका अस्पतालहरुलाई अक्सिजन सिलिण्डर सहयोग प्रदान

पोखरा । कास्की पोखरा समाज जापानले पोखरामा विभिन्न तीनवटा अस्तालहरुलाई अक्सिजन हस्तान्तरण गरेको छ ।

कोरोना महामारीका कारण अक्सिजन अभावका कारण धेरै नेपालीहरुले ज्यान गुमाईरहेको अवस्थामा कास्की घर भई विभिन्न पेशा, ब्ययवसाय र रोजगारीका शिलशिलामा जापानमा रहेका ब्याक्तिहरुको सहयोगमा कास्की पोखरा समाज जापानले अक्सिजन सिलिण्डर प्रदान गरेको हो ।

समाजले गण्डकी प्रदेश चेम्वर अफ कमर्शको समन्यमा ७ लाख खर्च गरेर चीनवाट ५० थान सिलिण्डर खरिद गरि पोखरा- २७ स्थित शिशुवा अस्पताल अन्तर्गतको कोभिड वार्डलाई २० थान, गण्डकी अस्पताल पोखराको कोभिड वार्डलाई १५ थान र पोखरा- ३० को मोहोरियामा रहेको संक्रमक तथा सरुवारोग अस्पताललाई १५ थान गरी ५० थान अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको समाजका अध्यक्ष विश्व सुवेदीले जानकारी दिनुभयो ।

सिलिण्डर हस्तान्तरण कार्यक्रमहरुमा कास्की पोखरा समाज जापाका कार्यसमिति महिला उपाध्यक्ष अन्जु भण्डारी, पूर्व उपाध्यक्ष प्रकाशलाल श्रेष्ठ, पूर्व सचिव हरीबहादसर पहरी, अमृत आचार्य तथा कास्की पोखरा समाज अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष निरज थापा र सचिव निरज आचार्यको उपस्थिति रहेको समाजका महासचिव विष्णु भण्डारीले जानकारी दिनुभयो ।

कास्की पोखरा समाज जापानले संचालन गरेको कोभिड -१९ राहतकोषका लागि सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी दाताहरु र कार्यक्रम सम्पन्न गर्नका लागि विशेष सहयोग गर्नुभएकोमा चेम्वर अफ कमर्श गण्डकी प्रदेशका अध्यक्ष किसन सुनारलाई हार्दिक आभार सहित धन्यवाद ज्ञापन गरेको समाजका प्रवक्ता दिपक सुनारले जानकारी दिनुभएको छ ।

सहयोगी दाताहरु :-

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago