पाल्पा २९, जेठ । सार्बजनिक यातायात संचालन पुर्ब खोपको ब्यवस्थापन गर्न नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघले सरकारसंग माग गरेको छ । नेपाल भरी १५ लाख सार्बजनिक यातायात ब्यवसायमा संलग्न ब्यवसायी, मजदुर, सम्बन्धित कर्मचारी, यातायात प्राली कम्पनीका संचालक तथा कर्मचारी सबैलाई कोभिड – १९ विरुद्ध खोपको ब्यवस्था गर्न सरकारलाई आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र मार्फत खोपको ब्यवस्था गर्न महासंघले माग गरेको हो ।
यातायात ब्यवसायमा आवद्ध रही अग्रपङ्तिमा रहेर कार्य गर्ने ब्यक्तिहरु खोप लगाउन बन्चित रहेको र खोप नलगाई सार्बजनिक यातायात संचालन गर्दा जोखिम कायमै रहेको भन्दै अबिलम्ब खोपको ब्यवस्था गर्न महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले माग गर्नु भएको छ । कोभिडबाट बचौ र बचाऔं भन्ने अभियानमा सहयोग गरि देशका सातै प्रदेशबाट खोपको ब्यवस्था गर्न महासंघले माग गरेको छ ।
महासंघ अन्तर्गत देशभरमा ढुवानी तथा सार्बजनिक यातायातका ३ लाख ६० हजार सवारीसाधन संचालन रहेका छन । ती सवारीसाधनहरु नेपालका पक्की, कच्ची, ग्राभेल, धुले तथा ग्रामीण सडकमा सन्चालन रहेका छन ।
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…