पाल्पा २९, जेठ । सार्बजनिक यातायात संचालन पुर्ब खोपको ब्यवस्थापन गर्न नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघले सरकारसंग माग गरेको छ । नेपाल भरी १५ लाख सार्बजनिक यातायात ब्यवसायमा संलग्न ब्यवसायी, मजदुर, सम्बन्धित कर्मचारी, यातायात प्राली कम्पनीका संचालक तथा कर्मचारी सबैलाई कोभिड – १९ विरुद्ध खोपको ब्यवस्था गर्न सरकारलाई आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र मार्फत खोपको ब्यवस्था गर्न महासंघले माग गरेको हो ।
यातायात ब्यवसायमा आवद्ध रही अग्रपङ्तिमा रहेर कार्य गर्ने ब्यक्तिहरु खोप लगाउन बन्चित रहेको र खोप नलगाई सार्बजनिक यातायात संचालन गर्दा जोखिम कायमै रहेको भन्दै अबिलम्ब खोपको ब्यवस्था गर्न महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले माग गर्नु भएको छ । कोभिडबाट बचौ र बचाऔं भन्ने अभियानमा सहयोग गरि देशका सातै प्रदेशबाट खोपको ब्यवस्था गर्न महासंघले माग गरेको छ ।
महासंघ अन्तर्गत देशभरमा ढुवानी तथा सार्बजनिक यातायातका ३ लाख ६० हजार सवारीसाधन संचालन रहेका छन । ती सवारीसाधनहरु नेपालका पक्की, कच्ची, ग्राभेल, धुले तथा ग्रामीण सडकमा सन्चालन रहेका छन ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…