२८ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले अष्ट्रेलियाविरुद्ध नेपालको प्रदर्शनबाट खुशीरहेको प्रतिक्रिया दिएका छन् । विश्वकप २०२२ र एसिया कप २०२३ को दोस्रो चरणको छनोट अन्तर्गत नेपाल शुक्रबार अष्ट्रेलियासंग३–० ले पराजित भयो ।
नेपालले दोस्रो हाफ पूरा १० खेलाडीमा समेटिएर खेलेको थियो । पहिलो हाफमा नेपालले दुई गोल बेहोरेको थियो भने दोस्रो हाफमा एकखेलाडी कम हुँदा नेपालले एक गोल मात्र बेहोर्यो । प्रशिक्षक अलमुताइरीले नेपाली खेलाडीहरुले गोर्खाली शैलीमा खेलेको बताए ।उनले १० वा ११ खेलाडी जति भएपनि खेलाडीको प्रदर्शनबाट सन्तुष्ट देखिए ।
‘नेपालीहरु विश्वमा गोर्खाली भनेर चिनिन्छन् । आज हाम्रो खेलाडीले गोर्खाली जसरी नै खेल्यौँ । १० खेलाडी होस् या ११, हामीले हरेकसमय भिडेर खेल्यौं ।’ उनले भने । अलमुताइरीले मैदान उत्रेका सबै खेलाडीले मिहिनेत गरेर खेलेको बताए । उनले यस्तो खालकोमानसिकता विकास हुनुपर्ने पनि बताए ।
फिफा वरीयतामा ४१ औ स्थानमा रहेर अष्ट्रेलिया नेपालभन्दा १३० स्थान माथि छ । नेपाल १७१औं स्थानमा छ । एसिया कपजितिसकेको अष्ट्रेलियाजस्तो बलियो टोलीविरुद्ध नेपाली खेलाडीले गरेको मिहिनेतको अलमुताइरीले प्रशंसा गरे । ‘पहिलो हाफकोसुरुमै गोल खायौँ र दोस्रो हाफमा १० खेलाडीमा समेटियौँ । तर खेलाडीले मिहिनेत गरेर खेले । म यसमा खुशी छु ।’
उनले केही काउन्टर अट्याकको प्रयास गरेपनि सफल हुन नसकेको बताए । यस्तै मिडफिल्डमा जम्ने मानसिकताका साथ खेलेको रमिहिनेत गरेको बताए । अलमुताइरीले कुवेत टुरमा सबै खेलाडीले अनुभव बटुल्ने अवसर पाएको पनि बताए । नेपालले समूह बीकोबाँङ्की ३ खेल खेल्दा अष्ट्रेलिया र जोर्डनसंऊ समान ३–० को हार बेहोर्यो भने चाइनिज ताइपेईलाई २–० ले पराजित गरेको थियो ।
कुवेत जानुअघि इराकसंगको मैत्रीपूर्ण खेलमा नेपाल मनिस डाँगी र गौतम श्रेष्ठले डेब्यु गरेका थिए । अष्ट्रेलिया विरुद्ध आयुष घलान, सुरजज्यु ठकुरी र कमल थापाले इन्जुरी टाइममा मैदान प्रवेश गर्दै डेब्यु गरे । पहिलो पटक नेपाली टिममा परेका ६ मध्ये गोलकिपरविशाल सुनारले मात्र डेब्यु गर्न पाएनन् । यस्तै यसअघि नै राष्ट्रिय टिममा परेपनि अहिले टिममा रहेका अर्का गोलकिपर दिप कार्कीले पनिडेब्यु गर्न बाँकी छ ।
नेपाल ३–० ले पराजित
विश्वकप २०२२ र एसिया कप २०२३ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको छनोटको अन्तिम खेलमा नेपाल अष्ट्रेलियासंग ३–० लेपराजित भको छ । कुवेतको जाबेर अल अहमद इन्टरनेशनल स्टेडियमा भएको खेलमा नेपालले दोस्रो हाफमा एक खेलाडी कम रहेरखेलेको थियो । त्यसका बावजुत पनि नेपालले अष्ट्रेलिया विरुद्ध ३ गोल मात्र बेहोरेको हो ।
पहिलो हाफमा अष्ट्रेलिया नेपाल विरुद्ध दुई गोल गरेको थियो भने नेपालका रोहित चन्दले रातो कार्ड पाएका थिए । दोस्रो हाफमाअष्ट्रेलियाले एक गोल मात्र थप्यो ।
यसअघि २०१९ मा अष्ट्रेलियामा खेलको खेलमा नेपाल ५–० ले पराजित भएको थियो ।
विश्वकप छनोटबाट बाहिरिसकेको नेपालले अन्तिम खेलमा बलियो अष्ट्रेलियासंग नतिजा भन्दा पनि प्रदर्शनमा जोड दिने नेपालकाप्रशिक्षक अब्दुल्लाह अलमुताइरीले खेलअघि बताएका थिए । उनले अष्ट्रेलिया विरुद्धको खेलमा अघिल्लो खेलमा जोर्डन विरुद्ध खेलेकानेपाली टिममा ५ खेलाडी परिवर्तन गरेका थिए ।
अन्जन विष्टसहित अभिषेक रिजाल सन्तोष तामाङ दिनेश राजवंशी र विकास खवासको स्थानमा नवयुग श्रेष्ठ सुनिल बल एरिक विष्टविशाल राई र गौतम श्रेष्ठ पहिलो रोजाईँमा खेलेका थिए ।
तीन खेलाडीको डेब्यु
अष्ट्रेलिया विरुद्ध नेपालका तीन युवा खेलाडीले डेब्यु गरेका छन् । पहिलो पटक राष्ट्रिय टिममा परेका आयुष घलान, सुरजज्यु ठकुरी रकमल थापाले दोस्रो हाफमा मेदान प्रवेश गर्दै राष्ट्रिय टिममा डेब्यु गरेका हुन् ।
तीनै खेलाडी इन्जुरी टाइममा मैदान प्रवेश गरेका थिए ।