Categories: राशिफल

आजको राशिफल तथा पञ्चाङ्ग

आज मिति २०७७ चैत्र ३० गते सोमवार तदनुसार १२ अप्रिल २०२१ प्रमादी नामक संवत्सर, सूर्य उत्तरायण, वसन्त ऋतु, चैत्र कृष्णपक्ष अमावस्या तिथि, बिहान ०७:३७ बजेसम्म, रेवति नक्षत्र चन्द्रमा मीन राशिमा, सोमबारे औंसी, आउनुहोस उमापति श्रीमहादेवको स्मरण सँगै आजको दिनको शुभारम्भ गरौ।

ज्यो. जयराम सापकोटा पाल्पा ।
तपाइँहरुमध्ये कसैलाइ ग्रहचार सम्वन्धि केही कुरा सोध्नु परेमा आफ्नो जन्म मिति र जन्म समय टिपाउन सक्नुहुनेछ ।

मेष:<> (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । महत्त्वपूर्ण अवसर गुम्न सक्छ । घर परिवारमा झैझमेलाको अवस्था आउला, तर यात्रा फलदायी हुनेछ ।

बृष:<> (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
आज अनुहारमा कान्ति र मनमा शान्ति छाउला । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । बौद्धिक काममा सफलता पनि मिल्नेछ ।

मिथुन:<> (का,की,कू,घ,ङ,छ,के,को,हा)
शुभकार्यको चर्चा चल्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । विपरीत वर्गबाट विशेष सहयोग मिल्नेछ ।

कर्कट:<> (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धार्मिक कार्य सफल रहनेछ । प्रेम सम्बन्ध पनि कसिलो होला ।

सिंह:<> (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । मन कमजोर रहने र मनमा गलत विचारमा पनि आउन सक्छ, सचेत रहनुहोला, तर नयाँ कमको योजना बन्नेछ ।

कन्या:<> (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
आतिथ्यपूर्ण सम्मान पाइएला । वैदेशिक कार्य अघि बढ्नेछ । तर्क, विवाद र प्रतिस्पर्धाबाट लाभ हुने छैन । तर यात्रामा सावधानी अपनाउनु पर्नेछ ।

तुला:<> (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
आम्दानी प्रशस्तै बढ्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला ।

बृश्चिक:<> (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
नयाँ कमको थालनी हुनेछ । धार्मिक यात्राको योग छ । अचल सम्पत्ति हात पर्ला । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ ।

धनु:<> (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
आज न्यायिक कार्यमा सफलता मिल्नेछ । धार्मिक तथा समाज सेवामा मन लाग्नेछ, तर सातामा लत्ता कपडामा बढी धन खर्च हुनसक्छ ।

मकर:<> (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
आज दाम्पत्य सुखले प्रफुल्लित भइनेछ । अधुरो काम पूरा हुनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ ।

कुम्भ:<> (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
आज आँटेको र ताकेको कार्य पुरा होला । ठीक समयमा सही निर्णय लिन सकिनेछ । बोलीको प्रभाव पनि बढ्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।

मीन:<> (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
आज प्रेम र मित्रताको बन्धन कसिने बेला छ । नयाँ कार्यको योजना बन्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ ।
शिव वन्दाना
नम: पशुपते तुभ्यं पञ्च श्री मुखसोभिने
ज्योतिर्लिङ्ग स्वरुपाय रास्ट्रदेवाय सारदम्

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago