जापानमा एमाले निकट प्रवाशी नेपाली मञ्चमा लफडा ।

कविकिरण न्यौपाने सर्वोच अदालतको फैसला पछि नेकपा (एमाले) र माओवादी केन्द्र अलग भएपछि जापानमा रहेको एमाले निकट प्रवाशी नेपाली मञ्चमा लफडा उत्पन्न भएको छ।
तात्कालिन अधिबेशन २०१६ नोभेम्बर २६ र २७ तारिख टोकियोमा सम्पन्न हुदा महेन्द्र श्रेष्ठको अध्यक्षतामा समिति गठन भएको थियो। श्रेष्ठले उक्त समिति व्यूतिएको भनेपछि लफडा शुरु भएको हो। श्रेष्ठले विज्ञप्ति नै निकालेर उक्त कुराको जानकारी गराएका हुन्। श्रेष्ठले विज्ञप्तिमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बहिर्गमन र नेपाल कम्युनिस्ट पार्टी (एमाले) लाई पुनर्जीवित गरेको सर्वोच्च अदालतको फैसलाबाट प्रवाशी नेपाली मञ्च राष्ट्रीय कमिटी जापान पनि सोहि स्थानमा फर्केको बताएका छन्।
प्रवाशी नेपाली मञ्च राष्ट्रीय कमिटी जापानको अध्यक्षको भूमिकामा रहि जापानमा रहेको संगठन र संगठनको जिम्मा दिएको कार्यबहाक अध्यक्ष सिद्धार्थ श्रेष्ठ र बाबुराम भण्डारीलाई ब्यवस्थापनको जिम्मा र महासचिव सुरेश केसी र उपमहासचिव राजेन्द्र श्रेष्ठलाई एकिकृत (राम बहादुर बादल)संगठनको जिम्मा ,कार्यालय ब्यवस्थापन सचिब बिकास पौडेल र जिवन अर्यालसंगै आर्थिक ब्यवस्थापन कोषाध्यक्ष पशुपति गिरीलाई जिम्मा दिदै केहि दिन भित्र बैठक आब्हान गरि २१औं राष्ट्रीय अधिवेशन आयोजक कमिटी बनाउने अभियानमा जुटेको श्रेष्ठको भनाई छ।नेकपा (एमाले) ब्यूतिएसंगै बुधवार श्रेष्ठले प्रवासी नेपाली मञ्च जापानका नेतृत्वहरुसंग अनौपचारिक छलफल गरेको बताउदै छिट्टै सदस्यता नवीकरण,क्षेत्रलाई क्रियाशिल गराउने बताएका छन् ।
श्रेष्ठका अनुसार आफू नेपालको जनप्रतिनिधीको रूपमा रहेको र जापानमा नबस्ने भएकोले संगठनको अधिबेशन गरि क्रियाशिल नेतृत्व बनाएर छोड्ने बताए। उता प्रवाशी नेपाली मञ्च जापानका महासचिव डा सरोज कँडेलले महेन्द्र श्रेष्ठले भ्रम फैलाउन खोजेको बताउदैं प्रवासी नेपाली मंच जापानको २० औ अधिबेशन बाट निर्वाचित अध्यक्ष महेन्द्र श्रेष्ठ पर्वत जिल्लाको पैयु गाउपालिकाको वडा अध्यक्ष निर्वाचित भए पश्चात कार्य क्षेत्र नेपाल भएको कारणले हाम्रो पार्टी नेकपा एमालेको केन्द्रीय कार्यालयबाट प्राप्त पत्रको आधारमा यहाको कमिटिको ८ औ बैठक बाट स-सम्मान बिदा गरिएको र वहाको सगठित सदस्य पनि नेपाल सरुवा भएको बताए। कँडेलका अनुसार त्यस ठाउँमा तत्कालिन कमिटिको महासचिव सुरेसी केसीलाई चयन गरिएको थियो । आफु रहेको यस कमिटीलाई प्रधानमन्त्री परराष्ट्र सल्लाहकार तथा प्रवास इन्चार्ज डा. राजन भट्टराईले सपथ खुवाउनु भएको कमिटि अस्तिवमा हुदाँ -हुदैं कसैले चुनौती दिन नसक्ने उनको जिकिर छ।
हाल प्रवाशी नेपाली मञ्च , जापानका अध्यक्ष सुरेश केसी नेपाल भएको बताउँदै कँडेलले अध्यक्ष सुरेश केसीले हालै प्रवास इन्चार्ज डा राजन भट्टराई लाई भेट गर्नुभएको र प्रवास इन्चार्ज डा. राजन भट्टराई बाट पछिल्लो समय बनेको कमिटि नै अधिकारिक कमिटि हो ,त्यसै अनुसार नै काम गर्नु र यस कमिटीमा बस्न चाहने साथीहरुलाई वहाहरुको ब्यबहार र गतिबिधि मुल्यांकन गरेर कमिटीमा समाबेस गर्नु भन्ने निर्देशन प्राप्त भएको कँडेलले बताए। त्यसैले कुनै भ्रममा नपर्न सबैलाई डा कँडेलले अनुरोध गरेका समेत छन्।
Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago