प्राज्ञिक बिद्यार्थी परिषद् नेपालको अधिबेशन, लुम्बिनी प्रदेशको अध्यक्षमा रेग्मी

पाल्पा, ३० माघ । ज्ञान, शील र एकताको आर्दश बोकेको प्राज्ञिक बिद्यार्थी परिषद् नेपालको दोस्रो प्रदेश अधिवेशन पाल्पाको तानसेनमा सम्पन्न भएको छ । अधिबेशनबाट अध्यक्षमा पुस्करराज रेग्मी र सचिवमा त्रिसना खराल निर्बाचित भएका छन । एक संकल्प राष्ट्रका लागि विषयमा भईरहेको प्राज्ञिक बिद्यार्थी परिषद् नेपालको दोस्रो प्रदेश अधिवेशनले महत्वपूर्ण पाल्पा घोषणापत्र जारी गर्ने राष्ट्रिय संगठन सचिब नारायण प्रसाद ढकालले जानकारी दिए ।

नेपाल राष्ट्र पुनर्निर्माणको उदात्त र पवित्र लक्ष्य लिएर देशको मौलिक, संस्कृति र राष्ट्रियताको संरक्षण र प्रबद्धन गर्दै देशको गरीमालाइ उच्च स्वाभिमानका साथ विश्वमान चित्रमा एउटा अग्रणी एवं समृद्धशाली राष्ट्रको रुपमा स्थापित गर्नका लागि शिक्षा, सामाजिक एवं राष्ट्रिय स्तरमा कार्यरत नेपालको स्वतन्त्र विद्यार्थी संगठन हो ।
आधुनिक विश्वपरिवेशका सकरात्मक र आवश्यक विषयलाई आत्मसात गर्दै व्यक्ति निर्माणका माध्यमद्वारा दलगत राजनीति देखि माथि रही प्राज्ञिक विद्यार्थी परिषद नेपाल विगत २५ बर्षदेखि लक्ष्य प्राप्तिका लागी युबाहरुमा प्रशिक्षण दिईरहेको छ ।
सामाजिक कार्यप्रति संवेदना उत्पन्न गरी सामाजिक कार्यमा प्रेरणा प्रदान गर्दै नेपालको सम्पूर्ण मानबस्रोतलाई सकरात्मक राष्ट्रियता, नेपाली संस्कृति र राष्ट्रिय एकताको विषयमा शिक्षित र दिक्षित बनाउँदै नेपाललाई समृद्ध राष्ट्र निर्माण गर्ने दिशातर्फ परिषद् सक्रियरूपमा कार्यरत रहेको छ ।
संस्कारित एवं दृष्टिकोणयुक्त युवाशक्ति नै राष्ट्रका मेरुदण्ड हुन् भन्ने विचारलाई आत्मसात् गर्दै परिषद निरन्तर वैचारिक एवं शैक्षिक आन्दोलनमा सक्रिय रहेको छ ।
नैतिक शिक्षाको पठनपाठन, शिक्षाक्षेत्र भित्रको दलिय राजनितिक हस्तक्षेत्र एवं व्यापारिकरण, परिक्षा प्रणाली, पाठ्यक्रममा परिमार्जन, नेपाली माटो सुहाउँदो शिक्षा, स्ववियु चुनावको व्यवस्थापन आदि महत्वपुर्ण विषयलाई लिएर परिषद्ले शिक्षाक्षेत्रमा एक आन्दोलनको श्रृंखला खडा गरेको छ ।

bhabindra gautam

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago