दिप प्रज्वलन गरि मनाईयो पृथ्वी जयन्ती

नारायण प्रसाद कोइराला । पौष २७, भैरहवा – नेपालको एक मात्र स्वतन्त्र विद्यार्थी संगठन प्राज्ञिक विद्यार्थी परिषद् नेपाल, भैरहवा नगर ईकाई समितिको आयोजनामा २९९ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस २०७७ को अवसर पारेर भैरहवाको बुद्धचोकमा दिप प्रज्वलन सम्पन्न गरेको छ । भैरहवा ईकाईका अध्यक्ष नारायणप्रसाद कोइरालाको अध्यक्षता तथा प्रज्ञिक विद्यार्थी परिषद् नेपाल लुम्बिनि प्रदेशका उपाध्यक्ष कमल कोइरालाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमका प्रमुख अतिथिले पृथ्वीनारायणको तस्विरमा माल्यार्रपाण गरी दिप (पाला) द्वारा बनाईएको नेपालको नक्सा र झण्डा अंकिन नक्साङ्कनमा दिप प्रज्वलन गरि कार्यक्रमको शुभारम्भ गरिएको थियो । राष्ट्रले इतिहासलाई भुल्नु हुँदैन, व्यक्तिको योगदानलाई सधै सम्मान गर्ने बानि बसाल्नु पर्दछ भन्दै प्रमुख अतिथि कोइरालाले भन्नु भयो, नेपालीलाई एक सुत्रमा बाध्न सफल श्री ५ बडामहाराज धिराज पृथ्वीनारायण शाहको शालिकहरु तोडिनु, उहाँका नामबाट खोलीएका सार्वजनिक स्थानहरु नाम परिवर्तन गर्नु दुःखदायी भएको बताउनु भयो । आजको यो कार्यक्रम संगठनको बार्षिक कार्यक्रम अन्र्तगत नै भएको हुँदा आगामी दिनहरुमा विद्यार्थीहरुका हकहित र नेपालको मौलिक परम्परा संस्कृति र ऐतिहासीकता र त्यसका नायकहरुलाई यसरी नै सम्झदै उहँहरुले देखाएका मार्गदर्शन अनुसार विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै जाने नगर अध्यक्ष नारायणप्रसाद कोइरालाले बताए । सो अवसरमा प्राज्ञिक विद्यार्थी परिषदका राष्ट्रिय सचिव निशा क्षेत्री, केन्द्रिय सदस्य माधव प्रसाद घिमिरे, अनुराग पाण्डे, प्रदेश संगठन सचिव बाबुराम मरासिनी, सह सचिव बद्रि भट्टराइ, नगर संगठन विभाग प्रमुख अमृत खनाल, नगर समितिका पदाधिकारीहरु, सदस्यहरु लगाएतको उपस्थिति रहेक थियो । कार्यक्रमको सञ्चालन जिल्ला संगठन विभाग सचिव हरिष बोहोराले गरेका थिए भने कार्यक्रमको समापन नगर सचिव आशिष कुमार भुजले गरेका थिए ।

Comments
bhabindra gautam

Recent Posts

पत्रकार महासंघ झापा शाखाले २६ जना पत्रकारलाई पुरस्कार तथा सम्मान समर्पण

बिर्तामोड ।  बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…

54 years ago

नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने ।

टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…

54 years ago

भरुवा बन्दुक सहित ४ जना प्रहरीको नियन्त्रण

पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…

54 years ago

कालीगण्डकीमा निर्माणाधीन पुल

कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…

54 years ago

टोकियोमा ‘जिएमटी एप’ सार्बजनिक

टोकियो ।  जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…

54 years ago

लोक तथा दोहोरी गायक रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…

54 years ago