पूर्वखोला गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

पाल्पा । पूर्वखोला गाउँपालिकाले सार्बजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक बर्ष २०७७-०७८ को प्रथम चौमासिक र २०७६-०७७ को वार्षिक खर्च सार्वजनिकीकरण र सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत श्री ज्ञानु प्रसाद पनेरुले प्रथम चौमासिक विवरण र वार्षिक कार्यक्रम खर्च विवरण सार्वजनिक गर्नुभएको थियो । सार्वजनिक सुनुवाईमा सहभागीले उठाएका जिज्ञासा र प्रश्नका बारेमा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले उत्तर दिई सहभागीको जिज्ञासा मेटाउनु भएको थियो । कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य एवं नेकपा नेता ईश्वरी प्रसाद न्यौपाने र नेपाली कांग्रेसका प्रतिनिधि विष्णु आचार्यले गाउँपालिकाको समृद्धिका लागि सुझावहरु दिनु भएको थियो ।
गाउँपालिकाको कार्यालय परिसरमा सोमबार भएको कार्यक्रमको अध्यक्षता गाउँपालिकाका अध्यक्ष श्री नुन बहादुर थापाले गर्नुभएको थियो । कार्यक्रममा उपाध्यक्ष श्री भागीरथी शर्मा भट्टराईले स्वागत मन्तव्य दिनुभएको थियो भने कार्यक्रमको सहजीकरण पाल्पा विकास केन्द्रले गरेको थियो ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago