पाल्पा । पूर्वखोला गाउँपालिकाले सार्बजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक बर्ष २०७७-०७८ को प्रथम चौमासिक र २०७६-०७७ को वार्षिक खर्च सार्वजनिकीकरण र सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत श्री ज्ञानु प्रसाद पनेरुले प्रथम चौमासिक विवरण र वार्षिक कार्यक्रम खर्च विवरण सार्वजनिक गर्नुभएको थियो । सार्वजनिक सुनुवाईमा सहभागीले उठाएका जिज्ञासा र प्रश्नका बारेमा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले उत्तर दिई सहभागीको जिज्ञासा मेटाउनु भएको थियो । कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य एवं नेकपा नेता ईश्वरी प्रसाद न्यौपाने र नेपाली कांग्रेसका प्रतिनिधि विष्णु आचार्यले गाउँपालिकाको समृद्धिका लागि सुझावहरु दिनु भएको थियो ।
गाउँपालिकाको कार्यालय परिसरमा सोमबार भएको कार्यक्रमको अध्यक्षता गाउँपालिकाका अध्यक्ष श्री नुन बहादुर थापाले गर्नुभएको थियो । कार्यक्रममा उपाध्यक्ष श्री भागीरथी शर्मा भट्टराईले स्वागत मन्तव्य दिनुभएको थियो भने कार्यक्रमको सहजीकरण पाल्पा विकास केन्द्रले गरेको थियो ।
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…