जापानमा नेपाली समुदायका कोरोना संक्रमण व्यापक, नागोयामा एक नेपालीको निधन ।

कविकिरण न्यौपाने , नागोया । जापानमा नेपाली समुदायमा कोरोना संक्रमण व्यापक भएपछि चिन्ता छाएको छ। यतिबेला धेरै नेपालीहरू रहदैं आएका जापानको टोकियो, नागोया, ओसाका र फुकुओका लगाएतका शहरहरुमा नेपालीहरु अत्याधिक संक्रमित भएको बताइएको छ। यसै विच जापानको नागोयामा पारिवारिक भिषामा रहदैं आएकी वाग्लुङ्ग गलकोटकी बेलु पुनमगरको निधन भएको पारिवारिक सुत्रले बताएका छन्। उनि २ हप्ता अघि कोरोना संक्रमण भई कोराना मुक्त भएकी र पछि स्वास्थ्यमा समस्या आएपछि अस्पताल पुग्नासाथ निधन भएको बताइएको छ। उनका श्रीमान् दक्ष कामदार भिषा (कुकमा ) जापान रहदैं आएका छन्। उनका ३ जना छोरा छोरी रहका बताइएको छ। उनको निधन हृदयघातले हुन सक्ने पारिवारिक स्रोतले बताएका छन्।

उनि संगै काम गर्ने धेरै नेपालीलाई कोरोना संक्रमण भएको बताइएको छ। अर्कै कम्पनीमा काम गर्ने चितवन घर भएकी यशोधा घिमिरेका अनुसार उनि काम गर्ने ठाँउमा ५० औं जना कामदार रहेकोमा कोरोना संक्रमणका कारण अधिकांश संक्रमित भएपछि अहिले काम गर्नेको संख्या १०-१२ जना मात्र छ । कोरोना संक्रमण नेपालीहरुमा व्यापक फैलिएको कारण नेपालीहरुले सञ्चालन गरेका रेक्टूरेन्टहरुमा कार्यरत कर्मचारीलाई संक्रमण फैलिदा रेष्टूरेन्टहरु धमाधम बन्द भई रहेका छन्। हालै मात्र कोरोना संक्रमण मुक्त भएका रेष्टूरेन्ट व्यवशायी एवं एनआरएनए नागोयाका क्षेत्रिय उप- संयोजक कुशल पौडेलका अनुसार सचेत हुनुनै यसबाट जोगिने उपाय भएको बताए। यो संक्रमण भएपछि मानिसलाई ज्यादै शारिरिक कमजोर बनाउने उनको अनुभव छ।

जापानमा कोरोना संक्रमण भई चिन्ताजनक अवस्थामा अस्पतालमा उपचार गराई रहेका दर्जनौं नेपालीहरु रहेका छन्। त्यसै मध्येका एक अनेसाज जापान च्याप्टरका  पूर्वअध्यक्ष एवं एनआरएनए, जापानका पूर्व सचिव विष्णुप्रसाद घिमिरे पनि हुन्। गत अगष्ट२१ तारिक कोरोना संक्रमण देखिएका उनि

२४ तारिक एम्बुलेंस लिएर अस्पताल जादा सामन्य स्लाइन लगाएर पठाएको थियो । अक्सिजन लेवल घटेर असहज भएपछि २८ तारिक फेरि एम्बुलेंस बोलाएर हस्पिटल गई भर्ना भएर उनि निरंतर उपचारको क्रममा छन्। चिकिस्सकका अनुसार अबको एक हप्तामा डिस्चार्ज हुन सक्ने घिमिरेले बताए । कोरोना जोगिदा जोगिदै पनि लाग्न सक्छ त्यो भनेर हेलचक्राइ नगरौं । स-साना गल्तिले मुल्यवान जीवननै टुंगिन सक्छ । कोरोना भइसकेको हो वा खोप लगाइसकेको छु भनेंर ढुक्क नबनौं । विभिन्न भेरियन्ट र विकशित मुलुकहरुले बुष्ट डोज समेत त्यसै सुरु गरेका होइनन , घिमिरेको भनाई छ। 

उमेर/कमजोरी/ दीर्घ रोगिहरुले कपडाको माक्स होइन , सर्जिकल माक्स प्रयोग गरौं । चाडवाडहरु लस्करै आएका छन , सुरक्षाको मापदण्ड पुरा गरेर आँफु पनि सुरक्षित रहि चाडवाड मनाँउ ।  भावुक हुँदै घिमिरेले भने बाचियो भने चाडपर्व अर्को वर्ष मनाउन पाईन्छ नै , त्यसैले आफु पनि बाचौं र अरुलाई पनि बचाऔं ।

Comments
Bishawas Acharya

Recent Posts

पत्रकार महासंघ झापा शाखाले २६ जना पत्रकारलाई पुरस्कार तथा सम्मान समर्पण

बिर्तामोड ।  बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…

54 years ago

नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने ।

टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…

54 years ago

भरुवा बन्दुक सहित ४ जना प्रहरीको नियन्त्रण

पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…

54 years ago

कालीगण्डकीमा निर्माणाधीन पुल

कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…

54 years ago

टोकियोमा ‘जिएमटी एप’ सार्बजनिक

टोकियो ।  जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…

54 years ago

लोक तथा दोहोरी गायक रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…

54 years ago