मानुषी लघुवित्तको आइपिओमा पहिलो दिनमै २१.४३ गुणा बढी आवेदन

मानुषी लघुवित्त वित्तिय संस्था लिमिटेडको सार्वजनिक निष्काशन (IPO) बिक्री आज खुल्ला भएको छ। निष्काशनको पहिलो दिनमै सर्वसाधारणको लागि खुल्ला गरिएको शेयरमा अत्याधिक बढी आवेदन परेको छ।

निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेंण्ट बैंकिङ्ग लिमिटेडबाट प्राप्त जानकारी अनुसार ५ लाख ८१ हजार ६३३ जना आवेदकले ७९ लाख २ हजार ५१० कित्ताको लागि आवेदन दिएका छन्। यो संख्या माग गरिएको आवेदन भन्दा २१.४३ गुणा बढी हो। यस अनुसार ३६ हजार ८ सय ५६ जना आवेदकले १० कित्ताको दरले पउने छन् भने भाग्यशाली ३ जना आवेदकले ११ कित्ताको दरले पाउने भएका छन्।

कम्पनीले जारी पूंजी रु.१० करोड ९३ लाख ७५ हजारको ३६% ले हुन आउने रु.३ करोड ९३ लाख ७५ हजार रकम बराबरको प्रति शेयर रु.१०० अंकित दरका ३ लाख ९३ हजार ७ सय ५० कित्ता साधारण शेयर मध्ये जारी पूंजीको ०.५% अर्थात ५ हजार ४ सय ६९ कित्ता शेयर कर्मचारीहरु तथा सर्वसाधारणलाई छुट्याइएको शेयर मध्य ५% अर्थात १९ हजार ६ सय ८८ कित्ता शेयर सामुहिक लगानी कोषको लागि सुरक्षित गरी बाँकी रहने ३ लाख ६८ हजार ५ सय ९३ कित्ता साधारण शेयरहरु प्रारम्भिक सार्वजनिक निष्काशन (IPO) मार्फत बिक्री गरेको हो।

इच्छुक लगानीकर्ताहरुले न्युनतम १० कित्ता देखि अधिकतम १,००० कित्तासम्म आवेदन दिन सक्नेछन। लघुवित्तको आइपिओमा नेपाल धितोपत्र बोर्ड बाट स्वीकृति प्राप्त गरेका सि-आस्बा सदस्य बैंक तथा वित्तिय संस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा मेरो शेयर सफ्टवेयर प्रयोग गरी सि-आस्बा प्रणाली मार्फत पनि आवेदन दिन सकिने छ। यस्तै, लघुवित्तले निष्काशन तथा बिक्री प्रबन्धकको कार्य गर्न नेपाल एसबिआई मर्चेंण्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ।

निष्काशन आज मिति २०७८ श्रावण २७ गते देखि ३१ गते बैंकिङ्ग समयसम्म खुल्ला रहने छ। रितपूर्व आवेदन नआए निष्काशन मिति २०७८ भाद्र ९ गते सम्म खुल्ला रहने छ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago