मानुषी लघुवित्तको आइपिओमा पहिलो दिनमै २१.४३ गुणा बढी आवेदन

मानुषी लघुवित्त वित्तिय संस्था लिमिटेडको सार्वजनिक निष्काशन (IPO) बिक्री आज खुल्ला भएको छ। निष्काशनको पहिलो दिनमै सर्वसाधारणको लागि खुल्ला गरिएको शेयरमा अत्याधिक बढी आवेदन परेको छ।

निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेंण्ट बैंकिङ्ग लिमिटेडबाट प्राप्त जानकारी अनुसार ५ लाख ८१ हजार ६३३ जना आवेदकले ७९ लाख २ हजार ५१० कित्ताको लागि आवेदन दिएका छन्। यो संख्या माग गरिएको आवेदन भन्दा २१.४३ गुणा बढी हो। यस अनुसार ३६ हजार ८ सय ५६ जना आवेदकले १० कित्ताको दरले पउने छन् भने भाग्यशाली ३ जना आवेदकले ११ कित्ताको दरले पाउने भएका छन्।

कम्पनीले जारी पूंजी रु.१० करोड ९३ लाख ७५ हजारको ३६% ले हुन आउने रु.३ करोड ९३ लाख ७५ हजार रकम बराबरको प्रति शेयर रु.१०० अंकित दरका ३ लाख ९३ हजार ७ सय ५० कित्ता साधारण शेयर मध्ये जारी पूंजीको ०.५% अर्थात ५ हजार ४ सय ६९ कित्ता शेयर कर्मचारीहरु तथा सर्वसाधारणलाई छुट्याइएको शेयर मध्य ५% अर्थात १९ हजार ६ सय ८८ कित्ता शेयर सामुहिक लगानी कोषको लागि सुरक्षित गरी बाँकी रहने ३ लाख ६८ हजार ५ सय ९३ कित्ता साधारण शेयरहरु प्रारम्भिक सार्वजनिक निष्काशन (IPO) मार्फत बिक्री गरेको हो।

इच्छुक लगानीकर्ताहरुले न्युनतम १० कित्ता देखि अधिकतम १,००० कित्तासम्म आवेदन दिन सक्नेछन। लघुवित्तको आइपिओमा नेपाल धितोपत्र बोर्ड बाट स्वीकृति प्राप्त गरेका सि-आस्बा सदस्य बैंक तथा वित्तिय संस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा मेरो शेयर सफ्टवेयर प्रयोग गरी सि-आस्बा प्रणाली मार्फत पनि आवेदन दिन सकिने छ। यस्तै, लघुवित्तले निष्काशन तथा बिक्री प्रबन्धकको कार्य गर्न नेपाल एसबिआई मर्चेंण्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ।

निष्काशन आज मिति २०७८ श्रावण २७ गते देखि ३१ गते बैंकिङ्ग समयसम्म खुल्ला रहने छ। रितपूर्व आवेदन नआए निष्काशन मिति २०७८ भाद्र ९ गते सम्म खुल्ला रहने छ।

Sanjay poudyal

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago