जापानमा भलिवल प्रतियोगिता आयोजनाबाट बचत रकम र्धुमुस – सुन्तली फाउण्डेशन लागि हस्तान्त्रण

कविकिरण न्यौपाने. नागोया जापानमा । भलिवल प्रतियोगिता आयोजनाबाट बचत रकम र्धुमुस – सुन्तली फाउण्डेशन लागि हस्तान्त्रण गरिएको छ।

जापानको नागोया शहरमा गत महिना उक्त सहयोग रकम जुटाउन भलिवल प्रतियोगिता आयोजना गरिएको थियो। उक्त प्रतियोगिताको आयोजना गल्कोट समाज क्षेत्रिय समिति नागोयाले गरेको थियो। र्धुमुस – सुन्तली फाउण्डेशन द्वारा चितवनको रामपुरमा र्निमाणाधिन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको लागि खेलको माध्यमबाट सानो रकम भए पनि सहयोग गर्न पाएकोमा ज्यादै खुशी लागेको गल्कोट समाज क्षेत्रिय समितिका अध्यक्ष रामुकाजी थापाले बताए।

उक्त सहयोग रकम गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशाला र्निमाणस्थलमानै पुगेर हस्तान्त्रण गरिएको थियो। र्निमाणस्थलमा ५ लाख रुपयाँ नगद सहित हस्तान्त्रण गर्न गल्कोट समाज , जापानका कोषाध्यक्ष डिलाराम गैंरे पुगेका थिए। साथमा गल्कोट समाज, जापानका कार्यसमिति सदस्यहरु चितराम गैंरे, डिलाराम निउरे लगाएको उपस्थिति थियो। सहयोग रकम र्धुमुस – सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल ( र्धुमुस ) लाई हस्तान्त्रण गरिएको थियो । गल्कोट समाज , जापानलाई धन्यवाद दिदैं सिताराम कट्टेलले तमाम सहयोगी मनहरुबाट सहयोग रकम आईरहेको र प्रतिबद्धता गरिएको सहयोग आउने विश्वास व्यक्त गरे। कोभिटको कारण रंगशाला र्निमाणमा केहि समस्या आएपनि सबैको सहयोगबाट निर्माणकार्य सम्पन्न हुने र्धुमुसले बताए।

आउदा वर्षहरुमा पनि यस्ता प्रतियोगिता अझ वृहत तरिकाबाट आयोजना गरिने खेल संयोजक मनोज केसीले बताए।प्रतियोगितामा गल्कोट स्पोर्ट क्लव, टोक्यो प्रथम, गुम्वाकेन गाईज दोश्रो र गल्कोट समाज जापानले तेश्रो स्थान प्राप्त गरेका थिए। गल्कोट समाज, जापान सामाजिक कार्यमा अग्रपंतिमा रहेको छ। पछिल्लो समय समाजले कोभिट संक्रमणमा नेपालमा सहयोग पठाउन जुटिरहेको गल्कोट समाज, जापानका अध्यक्ष यम खत्रीले बताए। उक्त अभियान अन्तिम चरणमा पुगेको गल्कोट समाज जापान का युवा संयोजक युराज गौतमको भनाई छ। सामाजिक सञ्जाल मार्फत अभिमान सञ्चालन गरिरहेका गल्कोट समाज, जापानका केन्द्रीय सदस्य कृष्ण गौतम र मनोज मल्लले कोभिटको यो महामारीमा जापानवासी सबैलाई यथासक्दो सहयोग गर्न अनुरोध गरेका छन्।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago