जापानमा भलिवल प्रतियोगिता आयोजनाबाट बचत रकम र्धुमुस – सुन्तली फाउण्डेशन लागि हस्तान्त्रण

कविकिरण न्यौपाने. नागोया जापानमा । भलिवल प्रतियोगिता आयोजनाबाट बचत रकम र्धुमुस – सुन्तली फाउण्डेशन लागि हस्तान्त्रण गरिएको छ।

जापानको नागोया शहरमा गत महिना उक्त सहयोग रकम जुटाउन भलिवल प्रतियोगिता आयोजना गरिएको थियो। उक्त प्रतियोगिताको आयोजना गल्कोट समाज क्षेत्रिय समिति नागोयाले गरेको थियो। र्धुमुस – सुन्तली फाउण्डेशन द्वारा चितवनको रामपुरमा र्निमाणाधिन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको लागि खेलको माध्यमबाट सानो रकम भए पनि सहयोग गर्न पाएकोमा ज्यादै खुशी लागेको गल्कोट समाज क्षेत्रिय समितिका अध्यक्ष रामुकाजी थापाले बताए।

उक्त सहयोग रकम गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशाला र्निमाणस्थलमानै पुगेर हस्तान्त्रण गरिएको थियो। र्निमाणस्थलमा ५ लाख रुपयाँ नगद सहित हस्तान्त्रण गर्न गल्कोट समाज , जापानका कोषाध्यक्ष डिलाराम गैंरे पुगेका थिए। साथमा गल्कोट समाज, जापानका कार्यसमिति सदस्यहरु चितराम गैंरे, डिलाराम निउरे लगाएको उपस्थिति थियो। सहयोग रकम र्धुमुस – सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल ( र्धुमुस ) लाई हस्तान्त्रण गरिएको थियो । गल्कोट समाज , जापानलाई धन्यवाद दिदैं सिताराम कट्टेलले तमाम सहयोगी मनहरुबाट सहयोग रकम आईरहेको र प्रतिबद्धता गरिएको सहयोग आउने विश्वास व्यक्त गरे। कोभिटको कारण रंगशाला र्निमाणमा केहि समस्या आएपनि सबैको सहयोगबाट निर्माणकार्य सम्पन्न हुने र्धुमुसले बताए।

आउदा वर्षहरुमा पनि यस्ता प्रतियोगिता अझ वृहत तरिकाबाट आयोजना गरिने खेल संयोजक मनोज केसीले बताए।प्रतियोगितामा गल्कोट स्पोर्ट क्लव, टोक्यो प्रथम, गुम्वाकेन गाईज दोश्रो र गल्कोट समाज जापानले तेश्रो स्थान प्राप्त गरेका थिए। गल्कोट समाज, जापान सामाजिक कार्यमा अग्रपंतिमा रहेको छ। पछिल्लो समय समाजले कोभिट संक्रमणमा नेपालमा सहयोग पठाउन जुटिरहेको गल्कोट समाज, जापानका अध्यक्ष यम खत्रीले बताए। उक्त अभियान अन्तिम चरणमा पुगेको गल्कोट समाज जापान का युवा संयोजक युराज गौतमको भनाई छ। सामाजिक सञ्जाल मार्फत अभिमान सञ्चालन गरिरहेका गल्कोट समाज, जापानका केन्द्रीय सदस्य कृष्ण गौतम र मनोज मल्लले कोभिटको यो महामारीमा जापानवासी सबैलाई यथासक्दो सहयोग गर्न अनुरोध गरेका छन्।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago