गण्डकी प्रदेश : गठबन्धन सरकार नबन्ने संकेत

पोखरा । गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चाका एक सांसदले गठबन्धनलाई सहयोग नगर्ने भएका छन् ।
फाइल फोटो

राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाले कांग्रेस-माओवादी-जसपाको गठबन्धनलाई साथ नदिने भन्दै हस्ताक्षर नगर्ने भएका छन् ।गत वैशाख २६ गते मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएसँगै बहुमतको सरकार गठनका लागि ३ दिनको समयत दिइएको छ । तर जनमोर्चाका सांसदले साथ नदिँदा चार दलको गठबन्धन सरकार नहुने भएको छ । मुख्यमन्त्री गुरुङले राजीनामा दिएसँगै गण्डकी प्रदेशका कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा नयाँ सरकार गठनका लागि कांग्रेससहित माओवादी, जसपा र जनमोर्चा लागेका छन् । तर जनमोर्चाका सांसदले साथ नदिने हो भने गठबन्धन सरकार गठन हुन नसकी पुनः मुख्यमन्त्री गुरुङकै नेतृत्वमा सरकार गठन हुने देखिन्छ । हाल प्रदेशसभामा कांग्रेसका १५, माओवादी केन्द्रका १२ र जसपाका २ सांसद रहेका छन् ।

गठबन्धन सरकार गठनमा सहयोग गर्न जनमोर्चाले आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको छ । जनमोर्चाले साथ नदिने हो भने बहुमत नपुग्ने देखिन्छ ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago