जापानी क्लब भिस्सेल कोबेसँग इनिएस्टाको नयाँ सम्झौता

काठमाडौं बैशाख,२८  बार्सिलोना तथा स्पेनका पूर्व स्टार खेलाडी आन्द्रेस इनिएस्टाले जापानी जे-१ टोली भिस्सेल कोबेसँग थप २ वर्षको नयाँ सम्झौतामा दस्तखत गरेका छन्।
फाइल फोटो

मंगलवार इनिएस्टाको ३७औं जन्मदिनको अवसर पारेर भिस्सेल कोबेले क्लब र इनिएस्टाको सन् २०२३ सम्मको सम्झौताबारे सूचना सार्वजनिक गरेको हो।

बार्सिलोना संगको २२ वर्षीय यात्रा टुंग्याएर सन् २०१८ मा इनिएस्टा जापानी कल्ब भिस्सेल कोबेसँग आबद्ध भएका थिए।भिस्सेल कोबे र इनिएस्टाको जोडीले गत वर्ष ‘एमपेरर कप’को उपाधि जितेको थियो। त्यसतै इनिएस्टाले भिस्सेल कोबेलाई क्लब इतिहासमै पहिलो पटक ‘एएफसी च्याम्पियन्स लिग’ पुग्न पनि मद्दत गरेका थिए।

यस्तै यी दुईको जोडीले सन् २०२० फेबरुअरीमा ‘जापानिज सुपर लिग’को उपाधि पनि जितेको थियो।

इनिएस्टाले कोबेको लागि हाल सम्म ७७ खेल खेलिसकेका छन्। उनले सो दौरान १६ गोल र १८ अस्सिस्टको योगदान पनि दिएका छन्।

Bishawas Acharya

Recent Posts

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago

नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण…

56 years ago

खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले…

56 years ago