औषधि तथा अक्सिजन आपूर्ति सहज बनाउन सर्वोच्चको आदेश

तिब्र रुपमा कोरोना संक्रमितहरू बढ्दै गएकाले आवश्यक औषधि तथा अक्सिजन आपूर्ति सहज बनाउन सरकारलाई सर्वोच्च अदालतले आदेश दिएको छ। कोरोना संक्रमित दिनदिनै बढेपनि कसैले पनि उपचारबाट बञ्चित हुन नहुने पनि सर्वोच्चले भनेको छ। ‍

सर्वोच्चको आदेशमा ‘आवश्यक पर्ने औषधि र अक्सिजनको आपूर्ति सहज बनाउन, थप साधनयुक्त अस्पतालहरू सञ्चालनमा ल्याउनु साथै अस्पतालहरूमा विरामीको चापलाई ख्याल गरी जनशक्तिको आपूर्ति तकाल गर्नु र नागरिकको जीवनसँग प्रत्यक्ष सम्बन्ध र सरोकार राख्ने यी उल्लेखित कुराहरूको व्यवस्थापनको लागि आवश्यकता अनुसार समबन्धित सरोकारवालाको प्रतिनिधित्व समेत हुने गरी एउटा कार्यसमितिसमेत निर्माण गरी उल्लेखित समस्याको समाधान प्रभावकारी ढंगले गर्नू/ गराउनू,’ भन्ने उल्लेख छ ।

अधिवक्ता शैलेन्द्र कुमार अम्बेडकरले दिएको रिटमाथि सुनुवाई गर्दै न्यायाधीश बमकुमार श्रेष्ठको इजलासले नागरिकको जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने औषधी र अक्सिजनको व्यवस्थापन गर्न सरकारलाई आदेश गरेको हो। अस्पतालहरू थप साधनयुक्त निर्माण गर्न सर्वोच्चले भनेको छ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago