औषधि तथा अक्सिजन आपूर्ति सहज बनाउन सर्वोच्चको आदेश

तिब्र रुपमा कोरोना संक्रमितहरू बढ्दै गएकाले आवश्यक औषधि तथा अक्सिजन आपूर्ति सहज बनाउन सरकारलाई सर्वोच्च अदालतले आदेश दिएको छ। कोरोना संक्रमित दिनदिनै बढेपनि कसैले पनि उपचारबाट बञ्चित हुन नहुने पनि सर्वोच्चले भनेको छ। ‍

सर्वोच्चको आदेशमा ‘आवश्यक पर्ने औषधि र अक्सिजनको आपूर्ति सहज बनाउन, थप साधनयुक्त अस्पतालहरू सञ्चालनमा ल्याउनु साथै अस्पतालहरूमा विरामीको चापलाई ख्याल गरी जनशक्तिको आपूर्ति तकाल गर्नु र नागरिकको जीवनसँग प्रत्यक्ष सम्बन्ध र सरोकार राख्ने यी उल्लेखित कुराहरूको व्यवस्थापनको लागि आवश्यकता अनुसार समबन्धित सरोकारवालाको प्रतिनिधित्व समेत हुने गरी एउटा कार्यसमितिसमेत निर्माण गरी उल्लेखित समस्याको समाधान प्रभावकारी ढंगले गर्नू/ गराउनू,’ भन्ने उल्लेख छ ।

अधिवक्ता शैलेन्द्र कुमार अम्बेडकरले दिएको रिटमाथि सुनुवाई गर्दै न्यायाधीश बमकुमार श्रेष्ठको इजलासले नागरिकको जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने औषधी र अक्सिजनको व्यवस्थापन गर्न सरकारलाई आदेश गरेको हो। अस्पतालहरू थप साधनयुक्त निर्माण गर्न सर्वोच्चले भनेको छ।

bhabindra gautam

Recent Posts

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago

नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण…

56 years ago

खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले…

56 years ago