देउवाले बोलाए पदाधिकारी बैठक

काठमाडौं २९ चैत । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ। दिउँसो दुई बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने कांग्रेसले जनाएको छ।

फाइल फोटो

सोमबार बस्ने केन्द्रीय कार्यसमितिको बैठकका एजेण्डा तयार पार्न पदाधिकारी बैठक बस्न लागेको हो। यसअघि २७ चैतमा कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नै निवासमा माओवादी केन्द्र र जसपाका नेताहरुसँग संयुक्त छलफल गरेका थिए । सो छलफलमा देउवाले कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठनको प्रस्ताव गरेका थिए ।

कांग्रेस सभापति शेरबहादुर देउवाले तीन दलका शीर्ष नेता सम्मिलित बैठकमा आफ्नो पार्टीको नेतृत्वमा सरकार गठनको प्रस्ताव गर्दै दुई दलको धारणा मागेका थिए। उक्त प्रस्तावलाई माओवादी केन्द्रका नेताले सकारात्मक भनेपनि जसपा नेताले भने पार्टीभित्र छलफल गर्नुपर्ने भन्दै समय मागेका थिए।

जसपाभित्र यो सरकारलाई सहयोग गर्ने कि नयाँ सरकार गठन गर्ने भन्नेमा एकमत छैन। अध्यक्ष ठाकुर, नेता राजेन्द्र महतोलगायत पूर्वराजपा पक्षधर नेता यही सरकारलाई नै समर्थन गर्नुपर्ने पक्षमा छन्। अर्का अध्यक्षद्वय उपेन्द्र यादव र डा. बाबुराम भट्टराई भने प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध गठनबन्धन गर्नुपर्ने अडानमा छन्।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भावी प्रधानमन्त्रीका रूपमा देउवालाई अघि बढ्न पटक–पटक प्रस्ताव गरेका थिए। संसद्मा सरकार बनाउन अंकगणित नपुग्ने आकलन गरेका देउवा मौन रहँदै आएका थिए। तर, केन्द्रीय कार्यसमिति बैठकले कांग्रेसकै नेतृत्वमा सरकार बनाउने निर्णय गरेपछि देउवा दबाबमा परेका हुन्। कांग्रेसभित्रै कतिपय नेताले देउवाले सरकार गठनका लागि पहल नगरेको भन्दै असन्तुष्टि जनाउँदै आएका छन्।

नेपाली कांग्रेसको केन्द्रीय समितिले गत चैत २० गते प्रधानमन्‍त्री केपी ओलीको राजीनामा माग्‍ने र आफ्नो नेतृत्वमा नयाँ सरकार बनाउने निर्णय गरेको थियो। तर अहिलेसम्म ठोस रुपमा संवाद हुन सकेको छैन। सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गरेको झन्डै डेढ महिना वितिसक्दा पनि संसदमा न वैकल्पिक सरकार निर्माणका लागि गठबन्धन तयार हुन सकेको छ न त प्रधानमन्‍त्री केपी ओली नेतृत्वको सरकारको निरन्तरता सुनिश्‍चित भइसकेको छ।

आन्तरिक दबाबमा कांग्रेस सभापति देउवा प्रधानमन्त्री ओलीको राजीनामा माग्‍ने औपचारिक निर्णय गर्न तयार भए पनि नयाँ समीकरण बनाउन विश्‍वसनीय वातावरण अझै नबनेको भन्दै देउवा मौन बस्दै आएका छन्।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago