देउवाले बोलाए पदाधिकारी बैठक

काठमाडौं २९ चैत । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ। दिउँसो दुई बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने कांग्रेसले जनाएको छ।

फाइल फोटो

सोमबार बस्ने केन्द्रीय कार्यसमितिको बैठकका एजेण्डा तयार पार्न पदाधिकारी बैठक बस्न लागेको हो। यसअघि २७ चैतमा कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नै निवासमा माओवादी केन्द्र र जसपाका नेताहरुसँग संयुक्त छलफल गरेका थिए । सो छलफलमा देउवाले कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठनको प्रस्ताव गरेका थिए ।

कांग्रेस सभापति शेरबहादुर देउवाले तीन दलका शीर्ष नेता सम्मिलित बैठकमा आफ्नो पार्टीको नेतृत्वमा सरकार गठनको प्रस्ताव गर्दै दुई दलको धारणा मागेका थिए। उक्त प्रस्तावलाई माओवादी केन्द्रका नेताले सकारात्मक भनेपनि जसपा नेताले भने पार्टीभित्र छलफल गर्नुपर्ने भन्दै समय मागेका थिए।

जसपाभित्र यो सरकारलाई सहयोग गर्ने कि नयाँ सरकार गठन गर्ने भन्नेमा एकमत छैन। अध्यक्ष ठाकुर, नेता राजेन्द्र महतोलगायत पूर्वराजपा पक्षधर नेता यही सरकारलाई नै समर्थन गर्नुपर्ने पक्षमा छन्। अर्का अध्यक्षद्वय उपेन्द्र यादव र डा. बाबुराम भट्टराई भने प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध गठनबन्धन गर्नुपर्ने अडानमा छन्।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भावी प्रधानमन्त्रीका रूपमा देउवालाई अघि बढ्न पटक–पटक प्रस्ताव गरेका थिए। संसद्मा सरकार बनाउन अंकगणित नपुग्ने आकलन गरेका देउवा मौन रहँदै आएका थिए। तर, केन्द्रीय कार्यसमिति बैठकले कांग्रेसकै नेतृत्वमा सरकार बनाउने निर्णय गरेपछि देउवा दबाबमा परेका हुन्। कांग्रेसभित्रै कतिपय नेताले देउवाले सरकार गठनका लागि पहल नगरेको भन्दै असन्तुष्टि जनाउँदै आएका छन्।

नेपाली कांग्रेसको केन्द्रीय समितिले गत चैत २० गते प्रधानमन्‍त्री केपी ओलीको राजीनामा माग्‍ने र आफ्नो नेतृत्वमा नयाँ सरकार बनाउने निर्णय गरेको थियो। तर अहिलेसम्म ठोस रुपमा संवाद हुन सकेको छैन। सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गरेको झन्डै डेढ महिना वितिसक्दा पनि संसदमा न वैकल्पिक सरकार निर्माणका लागि गठबन्धन तयार हुन सकेको छ न त प्रधानमन्‍त्री केपी ओली नेतृत्वको सरकारको निरन्तरता सुनिश्‍चित भइसकेको छ।

आन्तरिक दबाबमा कांग्रेस सभापति देउवा प्रधानमन्त्री ओलीको राजीनामा माग्‍ने औपचारिक निर्णय गर्न तयार भए पनि नयाँ समीकरण बनाउन विश्‍वसनीय वातावरण अझै नबनेको भन्दै देउवा मौन बस्दै आएका छन्।

Bishawas Acharya

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago