शिक्षामा परिवर्तनकाे आवस्यकता छ – सांसद पाण्डे

पाल्पा, २९ चैत ।
यस क्षेत्रको पहिलो पब्लिक क्याम्पस तानसेन बहुमुखी क्याम्पसले दोस्रो क्याम्पस सभा मनाएको छ । दाेस्राे क्याम्पस सभाकाे उद्घाटन गर्दै पूर्वमन्त्री तथा प्रतिनिधि सभाका सांसद साेमप्रसाद पाण्डेले अहिलकाे शिक्षामा परिवर्तनकाे जरूरी रहेकाे बताए । उनले नेपालभन्दा पछाडी रहेका धेरै पछाडी रहेका देशहरूले जनतालाइ शिक्षित बनाएर दीगाे विकास गर्न सफल भएकाे बताए । क्याम्पसका संस्थापक तथा संरक्षक डा. राम प्रसाद ज्ञवालीले भने “शिक्षा प्रदेय हाे अादेय हाेइन” । हामीले क्याम्पसलाइ तथा यहाँका विद्यार्थीहरूलाइ के दिन सक्याैं भनेर साेच्ने हाे के पायाैँ भनेर हाेइन ।

दाेस्राे क्याम्पस सभामा बाेल्दै त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका प्राध्यापक राजेश्वर उदयले तानसेन बहुमुखीलाइ अगाडी बढाउन जिल्लामा समेत नभएका अन्य विषयमा अध्यापन गराउन सक्नुपर्ने बताए । यस्तै राजेश्वर उदयले स्थापना कालमा पश्चिम नेपालमै नभएकाे शिक्षा संकायबाट विद्यार्थीहरूलाइ शैक्षिक जागरण ल्याउन सफल भएकाे बताए ।

दाेस्राे क्याम्पस सभामा क्याम्पस प्रमुख राधेश्याम ज्ञवालीले भावी याेजना तथा कार्यक्रम सहितकाे प्रतिवेदन प्रस्तुत गरे । साेही अवसरमा संस्थापक शालिकराम पाैडेल, पूर्व प्राध्यापक डा सच्चितानन्द पाठक, शिव कुमार मिश्र र निवर्तमान अध्यक्ष भागवत ज्ञवालीलाइ मरणाेपरान्त सम्मान गरिएकाे थियाे ।

व्यवस्थापन समितिकाे अध्यक्षमा पन्त निर्वाचित

सभाबाट व्यवस्थापन समितिकाे अध्यक्षमा राजन प्रसाद पन्त निर्वाचित भएका छन् । शनिबार क्याम्पसमा भएको सभाले पन्तकाे नेतृत्वमा नयाँ सञ्चालक समिति निर्वाचित भएकाे हाे । क्याम्पसकाे सदस्यहरूमा संस्थापक/संरक्षक डा. रामप्रसाद शर्मा, भेषराज नेपाल, हरिप्रसाद पाण्डे, तानपा प्रमुख वा प्रतिनिधि पदेन सदस्य वडा अध्यक्ष मुक्तिराम जि सी, श्रीधरकुमार नेपाल प्राध्यापक प्रतिनिधी, मनिष मल्ल ठकुरी बिध्यार्थी प्रतिनिधी र राधेश्याम ज्ञवाली क्याम्पस प्रमुख/सदस्य सचिव निर्वाचित भएका छन् । यस्तै शनिबार नै भएकाे पव्लिक क्याम्पस प्राध्यापक संघ, तानसेन बहुमुखी क्याम्पस इकाई समितिमा श्रीधरकुमार उपाध्यायको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति निर्वाचित भएका छन् ।

कार्यवहाक अध्यक्ष जगजीवन गाैतमकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे सञ्चालन सहायक क्याम्पस प्रमुख पुष्करराज रेग्मीकाे सञ्चालनमा भएकाे थियाे ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago