Categories: राशिफल

आजको राशिफल तथा पञ्चाङ्ग

आज मिति २०७७ साल चैत्र २९ गते आईतबार तदनुसार ११ अप्रिल २०२१ प्रमादी नाम संवत्सर सुर्य उत्तरायण वसन्त ऋतु चैत्र कृष्णपक्ष तिथि चतुर्दशी बिहान ०६ बजेर ०४ मिनेट उप्रान्त औशी । नक्षत्र–उत्तराभाद्रपदा, बिहान ०९ बजेर ०६ मिनेट उप्रान्त रेवती, चन्द्रराशि–मीन,पञ्चकको अन्तिम दिन। आउनुहोस रविदेवको स्मरण गर्दे आजको दिनको शुभारम्भ गरौ ।
ज्यो. जयराम सापकोटा, पाल्पा

मेष:<> (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
काममा माता पिताको सहयोग प्राप्त होला । विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । सवारी साधन प्राप्तिको योग छ । व्यापारमा लाभ हुनेछ । समाजमा प्रतिभाको कदर हुनेछ । खेलकुद तथा कलाकारिता क्षेत्रमा रहनेहरुको लागि समय उत्साह प्रद देखिन्छ ।

बृष:<> (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
सन्तान वा अनुयायीका माध्यमबाट फाइदा उठाउन सकिनेछ । यात्राको योग छ । मान्यजन वा अभिभावक वर्ग रुष्ट हुन सक्छन् । जग्गा जमिन वा घरायसी सम्पत्तिको चिन्ताले सताउन सक्छ । समाजमा तपाईंका कुरा काट्नेको कमी हुने छैन । आकस्मिक यात्राको समय छ ।

मिथुन:<> (का,की,कू,घ,ङ,छ,के,को,हा)
थकानको अनुभव हुनेछ । अप्रिय समाचार सुन्नु पर्दा मन खिन्न हुनेछ । आकस्मिक रूपमा स्वास्थ्यमा समस्या आउन सक्छ । खर्च बढ्नुको साथै शरीरमा आलस्यता बढ्नेछ । विश्वास गरेकाबाट धोका हुन सक्छ । पठन पाठनमा समय दिन नसकिएला । अरूले आलोचना गर्न सक्छन् ।

कर्कट:<> (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
मनग्य धन कमाउने अवसर मिल्नेछ । आम्दानी बढ्ने र उठ्नु पर्ने रकम हात लागी हुने समय छ । कृषि तथा पशुधनबाट लाभ लिन सकिने छ । काममा रुची घट्नेछ भने मनमा खराब बिचारहरुले डेरा जमाउनेछन् । काममा रोकावट र मान सम्मानमा आघात पुग्ने समय छ ।

सिंह:<> (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
अरुबाट तपाईंका कामको उच्च मूल्याङ्कन हुने सङ्केत छ । बोलीको कदर हुनेछ । कुनै विशेष खुशीको समाचार सुन्न पाइएला । राम्रो कामको लागि काम गर्ने वातावरण मिल्ला । दिन दुःखीलाई दिएको सहयोगले रोकिएको काम बन्न सक्छ । धन लगानी गर्ने अवसर पाउनु हुनेछ ।

कन्या:<> (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
व्यवसायिक क्षेत्रमा लाभप्रद छ । पुराना इष्टमित्र र प्रेमी प्रेमिकाको मिलन हुने समय छ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । सहयोगीहरूले साथ दिनेछन् । काममा सोचे जस्तै सफलता मिल्नेछ । सहयोग, पुरस्कार र हौशला जस्ता कुराहरुमा बृद्दि हुनेछ ।

तुला:<> (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
बोलीको विपरीत अर्थ लाग्न सक्छ । व्यापारमा हानी व्यहोर्नु पर्छ र कर्मचारीले अपजस व्यहोर्नु पर्छ । यात्रा घातक बन्न सक्छ । विश्वास गरेका व्यक्तिबाट नै विश्वासघात हुने सम्भावना छ । गरिएका कामको उचित प्रतिफल पाइनेछ । कृषि चौपायामा केही समस्या देखिएला ।

बृश्चिक:<> (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
विश्वास गरेका व्यक्तिबाट नै विश्वासघात हुने सम्भावना छ । पारिवारिक समस्याले मन खिन्न हुनेछ । अध्ययन, अध्यापन र लेखनमा खास अभिरुचि हुनेछैन । माता पिताको स्वास्थ्यमा केहि कमजोरी आउने देखिन्छ । सभा सम्मेलनमा सहभागी हुने अवसर मिल्ला ।

धनु:<> (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
मिष्ठान्न भोजन प्राप्त हुनेछ । पठन पाठनमा प्रगति हुनेछ । नसोचेका कामहरु बन्ने छन् । आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि हुनेछ । विपरीत लिङ्गीबाट सहयोग मिल्ला । प्रशस्त धन आर्जन गर्ने मौका छ । कर्म प्राप्तिको योग छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् ।

मकर:<> (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
समय मनोरञ्जनपूर्ण रहनेछ । नयाँ ज्ञान सिक्ने मौका छ । व्यावसायिक यात्राको सम्भावना छ । दाजुभाइको प्रगतिको समाचार सुन्न पाइएला । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ । व्यवसायबाट प्रशस्त फाइदा उठाउने मौका छ । प्रतिस्पर्धीहरूले हार खान सक्छन् ।

कुम्भ:<> (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
सानातिना काम र घरेलु समस्यामा नै समय व्यतीत हुनेछ । वादविवादमा फँस्ने र प्रतिफल प्राप्त नहुने क्षेत्रमा लगानी हुनेछ । बौद्धिक र सृजनात्मक सफलता मिल्नेछ । स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्ने सम्भावना छ । बोलीको गलत अर्थ लाग्ने छ ।

मीन:<> (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशसस्तै वढ्ने छ शुभचिन्तकहरूले आफ्ना कमजोरी प्रति गुनासो गर्न सक्छन्।
सूर्य वन्दना
आदित्यस्य नमस्कार ये कुर्वन्ति दिने दिने
जन्मान्तर सहश्रेषु दारिद्रयं नासजायते।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago