तीन सांस्कृतिक सम्पदा पुननिर्माण र संरक्षणका लागि भारतले दियो १४२ करोड

काठमाडौं २९ माघ ।  भारत सरकारले नेपालका तीनवटा सांस्कृतिक सम्पदा परियोजनाको पनस्र्थापनाका लागि १ सय ४२ करोड आर्थिक सहयोग गरेको छ। बिहीबार तीनवटा ठेक्का सम्झौतामा हस्ताक्षर भएको छ।

फाइल फोटो

भारतीय राजदूतावसको विकास साझेदारी एवम् पुननिर्माण विभागका प्रमुख र परियोजना परामर्शदाता केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन)का अधिकारी र अन्य साझेदारको उपस्थितिमा सम्झौता भएको हो।

सम्झौता अनुसार सेतो  मच्छिन्द्रनाथ  मन्दिरको  संरक्षण  र सबलीकरण, बूढानीलकण्ठमा धर्मशालाको निर्माण  तथा  कुमारी  छेँ  र  कुमारी  निवासको  संरक्षण  र  विकासका निम्ति काम हुनेछ। बिहीबार राष्ट्रिय  पुनर्निर्माण प्राधिकरणको  केन्द्रीय  आयोजना  कार्यान्वयन  इकाई (भवन) का  परियोजना  निर्देशक  तथा ठेकेदारले सम्झौता गरेका हुन्।

ललितपुरका  मेयर, बूढानीलकण्ठ मन्दिरका मठाधीश, काठमाडौं वडा नम्बर नम्बर २५ का वडा अध्यक्ष, परियोजना क्षेत्रका  उपभोक्ता  समितिका  प्रतिनिधि  पनि  सम्भझौता  हस्ताक्षर  समारोहमा  उपस्थित थिए।

भूकम्पपछिको संरक्षण तथा पुनस्र्थापनाका लागि भारत सरकारले नेपाल सरकारसँग गरेको सम्झौता अनुरुप निर्माण भइरहेका सांस्कृतिक सम्पदा भित्रकै यी तीन परियोजना हुन्।  नेपालका  आठ  जिल्लामा  २८  वटा  सांस्कृतिक  सम्पदाको  पुनर्निमार्णका  लागि  भारत सरकारले  प्रतिवद्धता  गरेको  ५०  मिलियन  अमेरिकी डलर  अनुदान  रकम  प्रयोग  गरी यी परियोजनाको काम हुनेछ।

सेतो  मच्छिन्द्रनाथ  मन्दिर  एक  महत्वपूर्ण  जीवित  सम्पदा  हो  । जुन  काठमाडौंको जनबहालमा छ। काठमाडौं  उपत्यकाको प्रमुख  मन्दिरमध्येकै  एक उक्त मन्दिरलाई हिन्दु र बौद् दुवै धर्मावलम्बीले पूजा आराधना गर्दछन्। करिब ६२ करोडको लागतमा मन्दिरको जीर्णोद्वार र सबलीकरण गरिनेछ। रत्नाकर महाविहार भित्र अवस्थित कुमारी छेँ पाटनकी जीवित देवीको ऐतिहासिक घर हो। कुमारी छेँ नेवार  बौद्व  समुदायको  संस्कृति  र परम्पराको  केन्द्र  हो  र  जीवित  देवीसँग  सम्बन्धित रितिरिवाजहरुमा कुमारी निवासको महत्वपूर्ण सम्बन्ध छ।

कुमारी छेँ र कुमारी निवासको संरक्षणका लागि करिब  ४५ करोड लाग्नेछ। दुई  जीवित सांस्कृतिक  सम्पदाको  गौरवगाथा  एवम् परम्पराको  जर्गेना  गर्दै  सेतो मच्छिन्द्रनाथ  मन्दिर,  कुमारी  छेँ  र कुमारी  निवासको  संरक्षण  नेपालको  प्राचीन  स्मारक संरक्षण ऐन अनुसार संरक्षण गरिनेछ। परियोजनाको निर्माण तथा संरक्षण एवम् बलीकरण कार्य निरीक्षणका लागि इन्डियन नेशनल ट्रस्ट फर आर्ट एण्ड कल्चरल हेरिटेजलाई परियोजना व्यवस्थापन परामर्शदाताको  रुपमा  चयन गरिएको  छ ।

यी  परियोजनाको  निर्माणमा भारतीय संस्थाले नेपाल सरकारका अधिकारीसँग मिलेर काम गर्नेछन्। स्थानीय  रुपमा  नारायणथानको  नामले  परिचित  बूढानीलकण्ठ  मन्दिर  भित्रकै परिसरमा  धर्मशाला अवस्थित छ।  ३३ करोडको लागतमा सो धर्मशालाको निर्माण गरिनेछ। यसअघि सन् २०१९  नोभेम्बरमा  भारतले  बूढानीलकण्ठ  मन्दिरका  लागि  करिब  २.१८ करोडमा मठाधीशको निर्माण गरेको थियो।

Bishawas Acharya

Recent Posts

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago

नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण…

56 years ago

खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले…

56 years ago