पेट्रोलियम पदार्थको मूल्य वृद्धिप्रति यातायात व्यवसायी महासंघको आपत्ति

काठमाडौं । नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थको मूल्य वृद्धिप्रति विरोध जनाएको छ । बिहीबार एक प्रेस विज्ञप्ति जारी महासंघले सरकारले बढाएको पेट्रोलियम पदार्थको नयाँ मूल्यको विरोध गरेको हो ।

फाइल फोटो

कोभिड–१९ का कारण प्रभावित यातायात क्षेत्रमा पेट्रोलियम पदार्थको मूल्य वृद्धिले थप आघात पु¥याउने भन्दै व्यवसायीहरुले तत्काल मूल्य वृद्धि फिर्ता लिन समेत आग्रह गरेका छन् । कोभिडको समस्यामा परेका व्यवसायीहरुले कुनै राहत नपाएको, सवारी कर, बैंकिङ्ग ब्याज तथा किस्तमा कुनै सुविधा नपाएको, बीमाको छुट नपाएको र बजारमा सवारी साधनको पार्टस् मेन्टेनेन्सको लागत समेत बढेको बेला सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरि व्यवसायीहरुको ढाड सेक्ने काम गरेको महासंघको आरोप छ ।

पटक पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको तर सवारी भाडा भने लामो समयदेखि यथावत रहेको भन्दै महासंघले तत्काल मूल्य वृद्धि फिर्ता लिन आग्रह समेत गरेको छ । अन्यथा महासंघको अर्को बैठक बसी मूल्य वृद्धिको विरुद्ध कठोर कदम चाल्ने चेतावनी समेत महासंघले दिएको छ । गत बुधबार राती १२ बजेदखि लागुहुने गरि नेपाल आयाल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा समान २÷२ रुपैयाँका दरले र खाना पकाउने एलपी ग्यासमा २५ रुपैयाँ मूल्य वृद्धि गरेको छ ।
Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago