बुद्धभुमी ट्याक्सी सेवा प्रा.लि. को साधारण सभा सम्पन्न, पेशालाई मर्यादित बनाउन जोड

बुटवल, २७ पुस । बुद्धभुमी ट्याक्सी सेवा प्रा.लि. बुटवलको प्रथम साधारणसभा सम्पन्न भएको छ । प्रा.लि. को प्रधान कार्यालयमा संक्षिप्त्त कार्यक्रमको आयोजना गरी सधारण सभा मनाईएको हो । कार्यक्रमका बक्ताहरुले ट्याक्सी ब्यवसायीहरु आफ्नो पेशामा मर्यादित र अनुशाशीत बन्नुपर्ने बताएका छन ।
सधारणसभा उद्घाटन गर्दैै प्रमुख अतिथि नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघका लुम्बिनी प्रदेश सयोजक डिल बहादुर ढुङ्गानाले साना सवारीको प्रदेश स्तरीय रुट प्रमिट दिने ब्यवस्था, सवारी दुर्घटना पछि आइपर्ने समस्यालाई कानुनी ब्यवस्थापन गरी दीर्घकालीन समस्या सामाधान गर्न नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघले पहल गरेको बताउनुभयो ।लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रनाउ डिल्ली नारायण पाण्डेले दुर्घटना पछिका कानुनी प्राबधान र क्षेतिपुर्तीको बारेमा गम्भीर किसिमका अंगभङ्ग बाहेक सवारी चालक र सवारीसाधनलाई कारवाही गर्न नमिल्ने कानुनी प्राबधान आवस्यक रहेको बाताउनुभयो । कार्यक्रममा पश्चिम नेपाल बस ब्यवसायी प्रालिका बरिस्ठ उपाध्यक्ष नारायण घिमिरे, लुम्बिनी ट्रक ब्यवसायी समितीका महासचिब रुमाखर गौतम, सिद्धार्थ यातायात प्रा.लि. का अध्यक्ष सुर्य कुमार सारु, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद कंडेल, ब्यवसायीको प्रतिनिधित्व गर्दै बिजय कुवर लगाएत बक्ताहरुले सार्बजनिक यातायात आफ्नो पेसा प्रती मर्यादित र अनुशा बन्नुपर्ने आवस्यक रहेको बताएका छन ।
प्रालिले साधारण सभाको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा रगत दान गरेका ६२ जना ब्यवसायी तथा मजदुरहरुलाई सम्मान गरेको छ । यस्तै संस्थाका संस्थापक र पुर्ब कार्यसमितिका सदस्यहरुलाई सम्मान गरेको छ । यस्तै उत्कृष्ट कार्य गरेका ६ जना कर्मचारीलाई सम्मान गरेको छ ।
पहिला लुम्बिनी ट्याक्सी तथा भ्यान ब्यवसायी समिती रहेको सस्था २०७५ मा कम्पनीमा रुपान्तरण भएको थियो । पछिल्लो समयमा प्राविधिको अत्याधिक प्रयोग बढेकाले एप्स मार्फत यात्रुलाई सेवा दिने तयारी रहेको प्रालिका अध्यक्ष बिष्णु काफ्लेले आफ्नो प्रतिबदेन मार्फत जानकारी दिनुभयो । ट्याक्सी सेवामा २७३ जना सेयर सदस्य आबद्ध रहेका छन ।
प्रालिका सचिब ओम बहादुर थापाको स्वागत, अध्यक्ष बिष्णु काफ्लेको अध्यक्षता र कर्मचारी आशा भारतीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

bhabindra gautam

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago