बुद्धभुमी ट्याक्सी सेवा प्रा.लि. को साधारण सभा सम्पन्न, पेशालाई मर्यादित बनाउन जोड

बुटवल, २७ पुस । बुद्धभुमी ट्याक्सी सेवा प्रा.लि. बुटवलको प्रथम साधारणसभा सम्पन्न भएको छ । प्रा.लि. को प्रधान कार्यालयमा संक्षिप्त्त कार्यक्रमको आयोजना गरी सधारण सभा मनाईएको हो । कार्यक्रमका बक्ताहरुले ट्याक्सी ब्यवसायीहरु आफ्नो पेशामा मर्यादित र अनुशाशीत बन्नुपर्ने बताएका छन ।
सधारणसभा उद्घाटन गर्दैै प्रमुख अतिथि नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघका लुम्बिनी प्रदेश सयोजक डिल बहादुर ढुङ्गानाले साना सवारीको प्रदेश स्तरीय रुट प्रमिट दिने ब्यवस्था, सवारी दुर्घटना पछि आइपर्ने समस्यालाई कानुनी ब्यवस्थापन गरी दीर्घकालीन समस्या सामाधान गर्न नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघले पहल गरेको बताउनुभयो ।लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रनाउ डिल्ली नारायण पाण्डेले दुर्घटना पछिका कानुनी प्राबधान र क्षेतिपुर्तीको बारेमा गम्भीर किसिमका अंगभङ्ग बाहेक सवारी चालक र सवारीसाधनलाई कारवाही गर्न नमिल्ने कानुनी प्राबधान आवस्यक रहेको बाताउनुभयो । कार्यक्रममा पश्चिम नेपाल बस ब्यवसायी प्रालिका बरिस्ठ उपाध्यक्ष नारायण घिमिरे, लुम्बिनी ट्रक ब्यवसायी समितीका महासचिब रुमाखर गौतम, सिद्धार्थ यातायात प्रा.लि. का अध्यक्ष सुर्य कुमार सारु, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद कंडेल, ब्यवसायीको प्रतिनिधित्व गर्दै बिजय कुवर लगाएत बक्ताहरुले सार्बजनिक यातायात आफ्नो पेसा प्रती मर्यादित र अनुशा बन्नुपर्ने आवस्यक रहेको बताएका छन ।
प्रालिले साधारण सभाको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा रगत दान गरेका ६२ जना ब्यवसायी तथा मजदुरहरुलाई सम्मान गरेको छ । यस्तै संस्थाका संस्थापक र पुर्ब कार्यसमितिका सदस्यहरुलाई सम्मान गरेको छ । यस्तै उत्कृष्ट कार्य गरेका ६ जना कर्मचारीलाई सम्मान गरेको छ ।
पहिला लुम्बिनी ट्याक्सी तथा भ्यान ब्यवसायी समिती रहेको सस्था २०७५ मा कम्पनीमा रुपान्तरण भएको थियो । पछिल्लो समयमा प्राविधिको अत्याधिक प्रयोग बढेकाले एप्स मार्फत यात्रुलाई सेवा दिने तयारी रहेको प्रालिका अध्यक्ष बिष्णु काफ्लेले आफ्नो प्रतिबदेन मार्फत जानकारी दिनुभयो । ट्याक्सी सेवामा २७३ जना सेयर सदस्य आबद्ध रहेका छन ।
प्रालिका सचिब ओम बहादुर थापाको स्वागत, अध्यक्ष बिष्णु काफ्लेको अध्यक्षता र कर्मचारी आशा भारतीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago