महिला पर्यटन व्यवसायी मञ्चमा पाण्डे

पोखरा,महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) को दोस्रो अधिवेशन तथा तेस्रो वार्षिक साधारणसभाले  पार्वती पाण्डेको अध्यक्षतामा नयाँकार्यसमिति निर्वाचत गरेको

मञ्चको उपाध्यक्षमा उमा रेग्मी भण्डारी, सचिव ममता न्यौपाने, सहसचिव शर्मिला न्यौपाने, कोषाध्यक्ष लक्ष्मी लामिछाने सहकोषाध्यक्षमा शारदा भुजेल हुनुहुन्छ

यसैगरी सदस्यमा गोमादेवी अधिकारी, मञ्जु सुवेदी, कान्ति अधिकारी, माया सुवेदी, रीता रेग्मी पौडेल, भावना रानाभाट लालुमाया भण्डारी, मिठुदेवी लामिछने, सुशीला सिग्देल, सुन्ति पुर्जा सुशीला भण्डारी हुनुहुन्छ

सो अवसरमा नवनिर्वाचित अध्यक्ष पाण्डेले पोखराको पर्यटन प्रवद्र्धनमा महिला व्यवसायीको भूमिकालाई सशक्त बनाएर अघिबढ्ने प्रतिबद्धता व्यक्त गनुभयो

अधिवेशनको उद्घाटनसत्रमा गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीले पर्यटनको विकासमा महिलाको प्रत्यक्ष अप्रत्यक्षरुपमामहत्वपूर्ण योगदान रहेको बताउँदै पछिल्लो समय सङ्गठित भएर यस क्षेत्रको विकासमा लागेका व्यवसायी महिलालाई थप अवसरप्रदान गर्नुपर्ने आवश्यकता औल्याउनुभयो

अहिले कोभिड१९ का कारण पर्यटन क्षेत्रमा रु १९२ अर्बको प्रत्यक्ष लगानी रु ५०० अर्ब निजी क्षेत्रकोे लगानी जोखिममा रहेकोउहाँले जानकारी दिनुभयो

पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले आर्थिक सशक्तीकरणले महिलालाई आत्मविश्वासी बनाउने उल्लेख गर्दैसामाजिक रुपान्तरणका लागि महिलाले आफ्नो भूमिकाको खोजी गरेर अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो

पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले पर्यटन क्षेत्रको विकासमा सबैको साथ सहयोग अपरिहार्य भएको उल्लेखगर्दै उहाँले सरकारले व्यवसाय सञ्चालन कोर्ष भनेर ५० अर्ब छुट्याए पनि व्यवसायीले उक्त सुविधा लिन नपाएको गुनासो गर्नुभयो

आन्तरिक पर्यटन पुनरुत्थान समितिका संयोजक अग्नि कँडेलले सुस्ताएको पर्यटनलाई गति दिन आन्तरिक पर्यटन प्रवद्र्धनात्मककार्यक्रममा जोड दिनुपर्ने आवश्यकता औल्याउनुभयो

कार्यक्रममा समाचारका माध्यमबाट पर्यटन प्रवद्र्धनमा उल्लेखनीय योगदान पु¥याएवापत राससका समाचारदाता जमुना वर्षाशर्मालाई नगद रु १० हजारसहित सम्मानपत्र दोसल्ला ओढाएर सम्मान गरिएको थियो

त्यसैगरी संस्थागत विकासमा योगदान पु¥याएको भन्दै मञ्चका सल्लाहकार देवका पहारी पम्फा पहारीलाई सम्मान गरिएकोथियो

मञ्चका संस्थापक अध्यक्ष जमुना पराजुलीले पर्यटन व्यवसायमा क्रियाशील महिला सङ्गठित भएपछि उनीहरुको नेतृत्व तथाव्यक्तित्व विकासका लागि मञ्चले विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको बताउनुभयो मञ्चमा अहिले २०० महिला पर्यटनव्यवसायी आवद्ध छन्

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago