विराटनगरमा शुक्रबारदेखि विद्यालय खोल्न महानगरको निर्देशन

विराटनगर विराटनगर महानगरपालिकाले शुक्रबारदेखि विद्यालय खोल्न महानगरभित्रका सबै शैक्षिक संस्थाहरूलाई निर्देशन दिएको छ । मंगलबार बसेको नगर शिक्षा समितिको बैठकले निर्णय गरेर महानगरपालिकाभित्रका सामुदायिक र संस्थागत विद्यालयहरू संचालन गर्न निर्देशन दिएको हो ।

फाइल फोटो

महानगरको शैक्षिक प्रशासन महाशाखाका अधिकृत कृष्णप्रसाद भट्टराईका अनुसार कोभिड–१९ को जोखिम कम हुँदै गएको र शिक्षा मन्त्रालय अन्तरगतको शिक्षा तथा मानव श्रोत विकास महाशाखाले रेडियो टेलिभिजनबाट संचालन गर्दै आएको कक्षासमेत बन्द गरेकोले सबै पक्षहरूसँग छलफल गरेर विद्यालय खोल्ने निर्णय गरिएको जानकारी दिए ।

अधिकृत भट्टराईले हस्ताक्षर गरेको पत्रमा भनिएको छ, ‘स्वास्थ्यसम्बन्धी मापदण्डको पूर्ण रूपमा पालना गरी गराई कात्तिक २६ गतेबाट सम्पूर्ण विद्यालयमा पूर्णकालीन समयसम्म पठनपाठन कार्य सञ्चालन गर्ने निर्णय भएकोले सोही बमोजिम गर्न गराउन अनुरोध छ ।’

छलफलमा सामुदायिक विद्यालयका प्रतिनिधि, शिक्षक महासंघका प्रतिनिधि, निजी विद्यालयहरुको छाता संस्था प्याब्सन, एनप्याब्सन र प्लस टुहरुको संस्था हिसानका प्रतिनिधिहरु सवैले विद्यालय खोल्न सहमति जनाएकोले निर्णय गरिएको जनाइएको छ ।

 

Bishawas Acharya

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago