नेप्से परिसूचक नेप्से परिसूचक ३१६१.४४ विन्दुमा , फाइनान्स र विकास बैंकमा किन बढ्यो आकर्षण ?

नेपाली सेयर बजार नयाँ कीर्तिमानीतर्फ लम्किरहेको छ । सेयर बजारमा आज फेरि अल टाइम हाइ रेकर्ड बनेको छ । नेप्से परिसूचकले यसअघिकोनयाँ रेकर्ड ताेड्दै हालसम्मकै उच्च विन्दुमा पुगेको हाे ।

मंगलबार नेप्से परिसूचक ३१६१.४४ विन्दुमा पुगेकाे छ । यसअघि साउन २० गते, बुधबार ३१२३.२४ नेप्से परिसूचक विन्दुमा पुगी नयाँ रेकर्ड कायम गरेकाे थियाे । नेप्सेले आज साेही विन्दु ताेडेर नयाँ रेकर्ड बनाएकाे हाे ।

सेयर बजारले फेरि नयाँ रेकर्ड बनाउन थालेपछि लगानीकर्ताहरू उत्साहित छन् । लगानीकर्ताहरूकाे मनाेबल पनि बढ्दै गइरहेकाे छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक ५१.८६ अंकले बढेर ३१६१.४४ विन्दुमा पुगेकाे छ । नेप्से १.६७ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक १२ अंकले बढेर ५८७.९५ विन्दुमा पुगेको छ ।

नेप्से परिसूचकसँगसँगै काराेबार रकममा पनि उछाल देखिएकाे छ । कूल २२५ वटा कम्पनीकाे ३ कराेड ३५ लाख ३५ हजार २ सय १३ कित्ता सेयर खरिदबिक्री हुँदा १७ अर्ब ८४ करोड ६१ लाख ४७ हजार २ सय ७९ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

काराेबार भएका १३ उपसमूहमा १० वटा उपसमूहकाे सेयर बढेकाे छ । बाँकी ३ वटा उपसमूहकाे सेयर घटेकाे छ । सबैभन्दा धेरै विकास बैंक र फाइनान्सकाे सूचक बढेकाे छ ।

मंगलबार १० वटा कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । जसमध्ये अधिकांश फाइनान्स र विकास बैंक छन् । विकास बैंक र फाइनान्सलाई सहयाेग पुग्ने गरी माैद्रिक नीति आउन लागेकाले यसतर्फ लगानीकर्ताकाे आकर्षण बढेकाे जानकारहरू बताउँछन् ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago