कोरोना भाइरसविरुद्धको फाइजर र मोदेर्नाको खोपका कारण मुटु सुन्निने समस्या उत्पन्न हुन सक्ने देखिएको छ ।
तर यो साइड इफेक्ट निकै दुर्लभ रहेको युरोपेली नियामक निकायले बताएका छन् । युरोपियन मेडिसिन एजेन्सीका अनुसार फाइजर र मोदेर्नाको खोप लगाएका विशेष गरि युवाहरुमा मुटु सुन्निने साइड इफेक्ट देखिएको तर यो निकै दुर्लभ हो ।
फाइजर–बायोएनटेकको खोप लगाएका १४५ जनामा मायोकार्डाइटिस र १३८ जनामा पेरिकार्डाइटिस समस्या देखिएको छ । अहिलेसम्म यो खोपको १७७ मिलियन मात्रा दिइएको छ ।
यस्तै मोदेर्नाको खोप लगाएका १९ जनामा मायोकार्डाइटिस र १९ जनामा पेरिकार्डाइटिस समस्या देखिएको छ । यो खोपको २० मिलियन मात्रा दिइएको छ ।
तर कोभिड–१९ को खोपको फाइदा दुर्लभ साइड इफेक्टको तुलनामा निकै धेरै रहेको पनि एजेन्सीले जनाएको छ ।खोप लगाएकाहरुलाई आफूमा मुटु सुन्निने सम्बन्धी साइड इफेक्टको लक्षणलाई लिएर चनाखो बन्न आग्रह गरिएको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…