कती प्यारो छ यो आमा शब्द । आज सम्म संसारका सारा आमाहरुले आफ्ना सन्तान बाट खुशी पाउने दिन कुशे औशी । हिन्धु धर्म अनुसार आमाको मुख हेर्ने दिन मातातिर्थ औंसी ।
म त नियतिले ठगिएकी सन्तान हुँ जस्ले फुल्दै गरेका तिम्रा सपनाहरु नियाल्न नपाउदै छेद बिछेद भएको मस्तिकमा सम्झनाको झलक तिम्रो तस्बिर टासेर रसाएका परेली सँग फिस्स हाँस्दै सम्झौताका कदम एकै साथ चालिरहेकी छु आमा ।
लाग्छ मनै त्यो अभागि सन्तान हुँ जस्ले आमाको न्यानो माया र काखको स्पर्स बाल्यकालमा नै गुमाएकी छु । असार महिनाको मुसलधारे पानीका भेल ले ति चराका गुड बगाए झै मेरी आमा सँगै मेरा खुशी तिर्तर बिर्तर बनाई बगाई लग्यो ।
आमा आज हजुरका केही सपनाहरु त पुरा गरेनी भनेर सुनाउनका लागि पनि अदृश्य भएकी तिमीलाई खोज्दै भौतारिदै हिडिरहेको छु म । सुनन आमा तिम्रो यादमा भिजाएका सिरानीहरुले पनि जिस्काईरहदा हासेर भन्न मन छ मेरी आमा छिन् म सँग जिस्काएर त हेर एक चोटि त फर्केर आईदेउ आमा ।
यो जूनिमा त ईश्वरको प्यारी हुनु भयो आमा अर्को जूनिमा यसरी जिउदो लास बनाएर नजानु है आमा तिमीबिना स्वार्थी दुनियाँ सँग लड्दा लड्दै थाकिसके आमा अर्को जूनिमा केवल तिम्रो माया मात्र पाउ ।
तिमी जहा भएपनि यो छोरिको तर्फबाट मातातिर्थ अैशिको धेरै धेरै सुभकामना मेरी आमा
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…