विश्वासको मत पुगेन, नयाँ सरकार गठनको बाटो खुल्यो

प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधि सभाको विशेष अधिवेशनमार्फत विश्वासको मत लिनबाट असफल हुनुभएको छ । जम्मा खसेको दुई सय ३२ मतमध्ये प्रधानमन्त्री ओलीले ९३ मत प्राप्त गर्नुभएको छ । यस्तै विपक्षमा १ सय २४ जनाले मतदान गरेका छन् भने १५ जना तटस्थ बसेका छन् । प्रधानमन्त्रीको दल नेकपा एमालेका १ सय २१ सांसद छन । मतदानमा माधव नेपाल-झलनाथ खनाल समूहका सांसदहरू भने अनुपस्थित थिए ।

संविधानको धारा १०० को उपधारा १ बमोजिम संसदमा विश्वासको मतदान भएको हो । तत्काल कायम रहेको सदस्य सङ्ख्याको बहुमत नपुगेपछि प्रधानमन्त्री ओलीको विश्वासको मत लिने प्रयास असफल भएको सभामुख अग्निप्रसाद सापकोटाले घोषणा गर्नुभयो । प्रतिनिधि सभाको अर्को बैठक यही वैशाख ३० गते दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ । प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिन असफल भएसँगै अब नयाँ सरकार गठनको बाटो खुला भएको छ ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago