पाल्पा । पछिल्लो समय कोरोना संक्रमणको दर डरलाग्दो अवस्थामा बढेको छ । दैनिक रुपमा रेकर्ड थपिदै गएको पाल्पामा सोमबार १ सय ७९ जना संक्रमीत थपिएका छन । यो संख्या थपिदा पछिल्लो २४ घण्टामा ८१ जनाले कोरोनालाई जितेका छन ।
सोमबार थप भएका मध्ये सबैभन्दा धेरै तानसेन नगरपालिकाका ६२ जना रहेका छ । यस्तै रिब्दीकोट ५६, बगनासकाली २०, माथागढी १५, पूर्वखोला ६, रैनादेवीछहरा ६, रम्भा ६, तिनाउमा २ र निस्दी गाउँपालिकाका २ जमा रहेका छन । यस्तै र रामपुर नगरपालिकाका ४ जना रहेका छन । पाल्पामा हालसम्म कोरोनाका कारण ५३ जनाले ज्यान गुमाउनुपरेको छ ।
जिल्लामा कोभिडका बिरामी बढेसंगै पाल्पाका अस्पतालमा बेड नपाउने समस्या बढेको छ । कोरोना उपचारका लागी मिसन अस्पताल पुगेका बिरामी बेड नपाइ फर्किनु परेको छ ।
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…