नेतृत्व विकास र भाइचार बढाउन दारी ग्याङ पाल्पाको भेला

पाल्पा २८, चैत्र ।
एकता, भाइचारा र समानन्तर भातृत्वको अभ्यासका रुपमा समुह बनेको दारी ग्याङ पाल्पाको प्रथम आधिकारिक भेला शनिबार सम्पन्न भएको छ । सामाजिक अभियन्ता एवम तान्सेन नगरपालिका १ नम्बर वडा सदस्य शिव थापाको अध्यक्षतामा भएको भेलाले २५ सदस्यी दारी ग्याङ पाल्पा गठन गरेको छ । जसको संयोजक रवि बस्नेत र सह संयोजक जनक नेपाल रहनुभएको छ । यस्तै सल्लाहकारमा पत्रकार महासंघ पाल्पाका पूर्व अध्यक्ष भगवान भण्डारी, सामाजिक अभियन्ता शिव थापा, स्वतन्त्र पत्रकार संघका जिल्ला अध्यक्ष भोजराज भट्टराई, प्रविधि व्यवसायी राम भट्टराई रहनुभएको छ ।

कार्यक्रमको अवसरमा विभिन्न जिल्लामा रगत अभाव भएका बिरामीलाई रक्तदान, नगर सरसफाई, विपन्न समुदायमा न्यानो कपडा तथा खाद्यान्न वितरण लगायतका सामाजिक कार्य गर्दै आएको दारी ग्याङ्गका केन्द्रीय अध्यक्ष प्रदिप गैरे बार्बरिकले बताउनुभयो । गैरेका अनुसार दाह्री ग्याङको सदस्य बन्न दाह्री नै पालेको हुनुपर्ने बाध्यात्मक अवस्था नरहेको स्पष्ट पार्दै दाह्री प्रेमीहरू जोही सदस्य हुन सक्नेछन् । ‘दाह्री एकता, भाइचारा र समानन्तर भातृत्वको अभ्यास हो’ गैरेले भन्नुभयो, ‘नाफारहित दाह्री ग्याङ आधिकारिक रूपमा दर्ता भइ सामाजिक कार्यक्रम सक्रिय छ ।’ वि.सं. २०७२ फागुन ६ गते ग्रुप च्याटबाट शुरु भएको ग्याङको सामाजिक सञ्जालमा १ लाख बढी सक्रिय सदस्य छन् ।

कार्यक्रममा विशिष्ट अतिथि तानसेन नगरपालिकाका सामाजिक विकास शाखा भरत आचार्य, प्रदेश ५ का संयोजक गणेश पन्त, स्वतन्त्र पत्रकार संघ पाल्पा अध्यक्ष भोजराज भट्टराई, तानसेन नगरपालिका पञ्जीकरण शाखा प्रमुख नारायण पाण्डे लगायत रुपन्देही, पाल्पाका गरी ३० बढीको सहभागिता थियो । कार्यक्रमका सहभागीले सामाजिक रुपान्तरण, नेतृत्व विकास, भाइचार बढाउन दारी ग्याङ सक्रियताका साथ लाग्ने प्रतिबद्धता जनाएका थिए । कार्यक्रमको सञ्चालन तानसेन नगरपालिकाका आइटी अफिसर एवम् ग्याङका सदस्य प्रकाश गैरेले गर्नुभएको थियो ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago