हामी अझै एकताको झण्डा उठाउँछौँ : अध्यक्ष दाहाल

काठमाडौँ, २८ चैत नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकलाई अस्थिरताको भुमरीमा हाल्न अनैतिक तरिकाले झण्डै दुईतिहाइ जनमत प्राप्त पार्टी खण्डित गरिएको बताउनुभएको छ ।

फाइल फोटो

पार्टीको कर्णाली प्रदेश सम्पर्क समितिको आज यहाँ आयोजित भेला तथा प्रशिक्षण कार्यक्रममा उहाँले मुलुक र जनताविरोधी शक्तिले नेकपालाई खण्डित पारे पनि आफूहरुले एकताको झण्डा उठाइरहनुपर्ने उल्लेख गर्नुभयो । पार्टी विभाजनको जिम्मेवार आफूहरु नभएको बताउँदै उहाँले भन्नुभयो, “समाजवाद निर्माण गर्नका निम्ति विशाल कम्युनिष्ट समर्थक जनतालाई एकताबद्ध गर्न आवश्यक छ । अप्राकृतिक ढङ्गले विभाजित गरिएको पार्टी पुनः मिलन गराउनु जरुरी छ ।” उहाँले पार्टी एकता गरेर गल्ती नगरेको र एकता पनि आफूहरुले नटुटाएको स्पष्ट पार्नुभयो ।

कार्यक्रममा कर्णाली प्रदेशका नेता तथा कार्यकर्ताको सहभागिता थियो । यस्तै आजै नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामतीको चौथो केन्द्रीय परिषद् बैठकमा अध्यक्ष दाहालले वर्तमान सरकार इतिहासकै विवेकहीन भएको टिप्प्णी गर्नुभयो । उहाँले दुईतिहाइ नेतृत्वको सरकार विकेकहीन हुनु विडम्बना भएको उल्लेख गर्दै उहाँले पार्टीबाटै हटाइएको मान्छेलाई सर्वोच्च अदालतले विचित्रको फैसला गरी प्रधानमन्त्रीमै राखिदिएको बताउनुभयो । उहाँले तत्कालीन नेकपामा ७० प्रतिशत केन्द्रीय सदस्यबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीबाट हटाइएको समेत स्मरण गर्नुभयो । अध्यक्ष दाहालले संसद् पुनःस्थापनासम्म आइपुग्दा सरकारात्मक निर्णय भए पनि त्यसपछिको अदालतको फैसला जनताले गरेको परिवर्तनविरोधीको रूपमा आएको बताउनुभयो ।

जनतामा गएर आफ्ना कुरा बुझाउनुको विकल्प नभएको बताउँदै उहाँले मजदुर र किसानलाई सङ्गठित गर्न लागिपर्ने धारणा राख्नुभयो । उहाँले अब केही दिनमा नयाँ सरकार बन्छ भन्नेमा आफू विश्वस्त रहेको बताउनुभयो । सङ्घीय निजामती सेवासम्बन्धी विधेयक राज्य व्यवस्था समितिबाट पास भए पनि सरकारकै कारण सदनबाट पास हुन नदिइएको उहाँको भनाइ थियो । उहाँले कर्मचारी समायोजनसम्बन्धी विधेयक लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न सहयोग पुग्ने गरी समितिबाट पास भए पनि पारित हुन नसक्दा समस्या ज्यूँका त्यूँ रहेको बताउनुभयो ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago