शोकप्रस्ताव पारित गरेर सकियो प्रतिनिधिसभा बैठक, अर्को बैठक चैत ३ गते

काठमाडौं फागुन २६। हिउँदे अधिवेशन अन्तर्गत आज बसेको प्रतिनिधिसभाको दोश्रो बैठक शोक प्रस्ताव पारितमै सिमित भएको छ ।  बैठकअघि विभिन्न ६ वटा अध्यादेश पेश गर्ने सम्भावित कार्यसुची राखिएपनि अन्तिम समयमा परिवर्तन गर्दै शोक प्रस्ताव पारित गर्ने कार्यसुची मात्रै राखिएको हो ।

फाइल फोटो
संवैधानिक व्यवस्थाअनुसार प्रतिनिधिसभाको पहिलो बैठकमा अध्यादेशहरू पेश गर्नुपर्ने हुन्छ । गत फागुन २३ गतेको बैठकको कार्यसूचीमा अध्यादेश राखिएपछि प्रचण्ड पक्ष, कांग्रेस, जसपाले विरोध गरेका थिए ।  आज पनि कार्यसूचीमा अध्यादेश टेबल गर्ने तयारी भएपनि संसदीय मामिला तथा कानुन मन्त्रीले कुनै गृहकार्य र समन्वय नगरेको स्रोतले बतायो । पछि दलका नेताहरुले संवोधन गर्ने कार्यसूचीमा सहमति जुटेको थियो तर पछि बोल्न असहमत भएपछि त्यसलाई पनि हटाइएको थियो ।

प्रतिनिधिसभा तथा संविधानसभा अन्तर्गतका १४ जना पूर्व सांसदको निधनमा शोक प्रस्ताव पारित गर्दैै बैठक सकिएको हो ।  चैत ३ गते मंगलबार १ बजे सम्मका लागि स्थगित भएको छ ।

Bishawas Acharya

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago