गलकोटमा चैत दोस्रो साता परम्परागत होली मेला ।

 बागलुङ फागुन २६ । होली पूर्णिमा मेला २०७७ नजिकिए सँगै सामाजिक संस्था घुम्टे युवा परिवार गलकोट नगरपालिका ७ मल्म बागलुङले आफ्नो ३६ औं वार्षिकोत्सव तथा होली मेला २०७७ भव्य अनि सभ्य रूपमा मनाउने भएको छ ।
संस्थाको कार्यालय मल्म सप्ताहघाटमा आज सम्पन्न कार्यसमिति, सल्लाहकार, सरोकारवालाको बैठकले मेला आयोजना गर्ने निर्णय गरेको घुम्टे युवा परिवारका अध्यक्ष थम्मन थापा सन्देशले जानकारी दिनुभयो । आगामी चैत १३ गतेदेखि १५ गते सम्म होली पूर्णिमा मेलाको अवसरमा विविध खेलकुद तथा सांस्कतिक कार्यक्रम सहित राष्ट्रिय स्तरका कलाकारहरुको साथमा मेला गर्न लागिएको अध्यक्ष थापाले बताउनु भयो । मेलाको अवसरमा बृहत कृषि मेला प्रदर्शनी, वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता, सामूहिक लोक नृत्य प्रतियोगिता र विविध सांस्कृतिक कार्यक्रम सञ्चालन हुने समितिका उपाध्यक्ष जीवन साहनीले बताउनु भयो ।
मेला अवधिभर जेष्ठ नागरिक, भूतपूर्व भलिबल खेलाडी, सक्रिय समाजसेवी, सफल व्यवसायी सम्मान गरिने संस्थाले जनाएको छ । मेलामा राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकारहरुको सांगीतिक प्रस्तुति रहने बताइएको छ । स्थापनाकाल देखि नै सामाजिक कार्यमा सक्रिय रहेको घुम्टे युवा परिवारले सामाजिक जागरणको अभियानमा आफ्नो महत्वपूर्ण भुमिका निर्वाह गर्दै आइरहेको छ । बागलुङ जिल्लाकै पुरानो संस्था घुम्टे युवा परिवार “खेलकुद, कला, संस्कृति हाम्रो शान, पर्यटकीय स्थल घुम्टे गलकोटको पहिचान” भन्ने मुल नाराका साथ वि.सं २०४१ सालमा स्थापना भएको हो ।
Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago