नेपाल पत्रकार महासंघको साधारण सभा, १८ जना पत्रकार सम्मानित

पाल्पा, २८ माघ । नेपाल पत्रकार महासंघ पाल्पाको साधारण सभाको पाल्पामा सम्पन्न भएको छ । सभाको अवसरमा जिल्लामा क्रियाशिल १८ जना पत्रकारहरु पुरस्कृत भएका छन । नगद १५ हजार राशीको उत्कृष्ट पत्रकारिता पुरस्कार २०७७ बाट पत्रकार बासुदेव ढकाल र देव पचभैयालाई दोसला र प्रमाणपत्रले सम्मानित गरेको हो ।
७ हजार ५ सय राशीको सिर्जनशील पत्रकारिता पुरस्कार २०७७ बाट सन्तोष बस्याल, रमादेवी अर्याल, भुवन रायमाझी र विजयकुमार बौडेल, १० हजार राशीको ग्रामीण पत्रकारिता पुरस्कार बाट बन्दना पोखरेल, इमान सिं राना, ५ हजार राशीको मानवअधिकार पत्रकारिता पुरस्कार बाट विरेन्द्र घिमिरे, ५ हजार राशीको देवीभक्तचोलकुमारी सामाजिक पत्रकारिता पुरस्कार बाट अनिल लिगल, ३ हजार ५ सय राशीको सामाजिक जागरण पत्रकारिता पुरस्कार बाट तुल बहादुर थापा र ३ हजार राशीको लेखनवृत्ति प्रोत्साहन बाट यज्ञमुर्ति तिमिल्सिना, मुक्तिप्रसाद न्यौपाने, डोल बहादुर वि.क., दिपक भट्टराई, दयाराज न्यौपाने, विष्णु प्रसाद घिमिरे, भोजराज तिमिल्सिना पुरस्कृत भएको हो ।

बाह्रौ साधारण सभाको अवसरमा विभिन्न पुरस्कारहरु बाट पुरस्कृत गरेको हो । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले पुरस्कार वितरण गर्नु भएको थियो । नेपाल पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष राजेश कुमार अर्यालले जिल्लामा क्रियाशिल पत्रकारहरु मध्ये बाट छनौट गरी पुरस्कृत गरिएको र अन्य पत्रकारहरुलाई पनि आगामी दिनमा क्रमश पुरस्कृत गर्दै जाने बताउनुभयो ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago