नेपाल पत्रकार महासंघको साधारण सभा, १८ जना पत्रकार सम्मानित

पाल्पा, २८ माघ । नेपाल पत्रकार महासंघ पाल्पाको साधारण सभाको पाल्पामा सम्पन्न भएको छ । सभाको अवसरमा जिल्लामा क्रियाशिल १८ जना पत्रकारहरु पुरस्कृत भएका छन । नगद १५ हजार राशीको उत्कृष्ट पत्रकारिता पुरस्कार २०७७ बाट पत्रकार बासुदेव ढकाल र देव पचभैयालाई दोसला र प्रमाणपत्रले सम्मानित गरेको हो ।
७ हजार ५ सय राशीको सिर्जनशील पत्रकारिता पुरस्कार २०७७ बाट सन्तोष बस्याल, रमादेवी अर्याल, भुवन रायमाझी र विजयकुमार बौडेल, १० हजार राशीको ग्रामीण पत्रकारिता पुरस्कार बाट बन्दना पोखरेल, इमान सिं राना, ५ हजार राशीको मानवअधिकार पत्रकारिता पुरस्कार बाट विरेन्द्र घिमिरे, ५ हजार राशीको देवीभक्तचोलकुमारी सामाजिक पत्रकारिता पुरस्कार बाट अनिल लिगल, ३ हजार ५ सय राशीको सामाजिक जागरण पत्रकारिता पुरस्कार बाट तुल बहादुर थापा र ३ हजार राशीको लेखनवृत्ति प्रोत्साहन बाट यज्ञमुर्ति तिमिल्सिना, मुक्तिप्रसाद न्यौपाने, डोल बहादुर वि.क., दिपक भट्टराई, दयाराज न्यौपाने, विष्णु प्रसाद घिमिरे, भोजराज तिमिल्सिना पुरस्कृत भएको हो ।

बाह्रौ साधारण सभाको अवसरमा विभिन्न पुरस्कारहरु बाट पुरस्कृत गरेको हो । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले पुरस्कार वितरण गर्नु भएको थियो । नेपाल पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष राजेश कुमार अर्यालले जिल्लामा क्रियाशिल पत्रकारहरु मध्ये बाट छनौट गरी पुरस्कृत गरिएको र अन्य पत्रकारहरुलाई पनि आगामी दिनमा क्रमश पुरस्कृत गर्दै जाने बताउनुभयो ।

bhabindra gautam

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago