शान्ति मिसनमा भएको कुटपिटबारे सूचना चुहाउने सैनिक बर्खास्त

काठमाडौं शान्ति स्थापनार्थ अफ्रिकी मुलुक कंगोमा खटिएको नेपाली सैनिकमाथि भएको कुटपिट प्रकरणको सूचना चुहाउने अधिकारीबर्खास्तीमा परेका छन्

नेपाली सेनाको मिडिया तथा सामाजिक सञ्जाल प्रयोग नीति विपरीत कार्य गर्दै अन्यलाई पनि सैनिक आचरण बाहिरको कार्य गर्नउक्साएको ठहर गर्दै सैनिक अदालतले संलग्न जवानलाई बर्खास्तीको आदेश सुनाएको हो

उनलाई भविष्यमा कुनै पनि सरकारी सेवामा अयोग्य नठहरिने गरी बर्खास्त गर्दै महिनाका लागि कैद सजाय पनि तोकिएको सैनिकस्रोतले अनलाइनखबरलाई बतायो

सैनिक आचारसंहितामा अनुसार ती जवानले सामाजिक सञ्जालमा तस्वीर हाल्नुको साटो गणपति वा सैनिक मुख्यालय वा शान्ति सेनानिर्देशनालयमा उजुरी गर्नुपर्थ्यो सिधै प्रधानसेनापतिलाई उजुरी गर्न सकिने व्यवस्था पनि

हरेक सैनिक युनिटमा सिकायत उजुरी पेटिका पनि राखिएको , जसमा हरेक सैनिकले कार्यालयभित्र भएका गलत गतिविधिबारे लेखेरराख्न मिल्ने व्यवस्था तालाबन्दी गरिएको सिकायत पेटिका खोल्ने अधिकार जंगीअड्डामा रहेको सिकाय जाँचबुझ निर्देशनालयकाअधिकारी समक्ष मात्र हुन्छ

यसअघि असोजमा कंगोमा सहसेनानी इन्द्र थापा, सुवास हुमागाई योगेन्द्र धितालले सैनिक जवान नवराज माझीलाई मरणासन्न हुनेगरी कुटपिट गरेका थिए

कुटपिटपछिको माझीको शरीरमा निलडाम भएको विवरण सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको थियो त्यसपछि सैनिकमुख्यालय जंगीअड्डाले ज्येष्ठ मेजर (सेनानी) को नेतृत्वमाकोर्ट अफ इन्क्वायरीबनाएका थिए

त्यसले दिएको प्रतिवेदन अनुसार सैनिक अदालतले कुटपिटमा संलग्न तीन अधिकृतलाई एक वर्ष बढुवा रोक्का हुने फैसला सुनाएको अदालतले अन्य जवानले पनि मादक पदार्थ सेवन गरी माथिल्लो अधिकृतको आदेश अवज्ञा गरेको निष्कर्ष निकाल्दै प्रकरणमा संलग्न जनामध्ये केहीलाई नसियत पनि दिएको

अदालतले सामाजिक सञ्जालमा आएको विवरण शेयर गर्ने कंगोका केही जवानलाई पनि नसियत दिएको स्रोतको भनाइ अदालतको आदेशलाई प्रधानसेनापति पूर्णचन्द्र थापाले हालै सदर गरेका छन्

सैनिक ऐन, २०६३ मा जनरल सैनिक अदलत समरी जनरल सैनिक अदालतबाट फैसला वा अन्तिम आदेशमाथि चित्त नबुझे पीडितपक्षले ३५ दिनभित्र पुनरावेदन दिने सक्ने व्यवस्था सैनिक आचारसंहिताले संगठनलाई आक्षेप लाग्ने विषयमा लाइक, कमेन्ट गर्नपनि निषेध गरेको

कंगोको घटना सार्वजनिक भएलगत्तै सैनिक सूचना तथा जनसम्पर्क निर्देशक सहायक रथी सन्तोष बल्लभ पौडेलले प्रेस विज्ञप्ति जारीगरेर प्रकरणमा संलग्न सबैलाई कसूर अनुसारको कारबाही हुने बताएका थिए

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago