प्रधानमन्त्रीलाई विद्यार्थीको प्रश्‍न- तपाईंले उद्घाटन गरेको गोबर ग्यास बन्द भयो ! घरघरमा ग्यास कहिले आउँछ ?

विराटनगर पुस २६  केही वर्षअघि विराटनगर गोबर ग्यास प्लान्ट उदघाटन गरेका प्रधानमन्त्री केपी ओलीलाई विद्यार्थीले कहिले घर-घरमा ग्यास वितरण गर्ने भनेर प्रश्न गरेका छन् ।

फाइल फोटो

ओलीले विराटनगरमा उद्घाटन गरेको गोबर ग्यास प्लान्ट बन्द भइसकेको तर उनैले घोषणा गरेको ग्यास वितरणको चर्चा कहाँ पुग्यो भन्दै प्रश्न तेर्स्याएका हुन् । ओली पक्षका विद्यार्थीले नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मोरङको शपथग्रहण गराएको सातादिन नपुग्दै दाहाल-नेपालपक्षीय विद्यार्थीले आज विराटनगरमा आयोजना गरेको शपथग्रहण कार्यक्रममा विद्यार्थी र नेताले ग्यास वितरण गर्ने भनेर ओलीले नेपालीलाई झुक्याएको जिकिर गरे ।

अनेरास्ववियुका केन्द्रीय सदस्य ओसिम आलमले भने, “पाइपबाट घर-घरमा ग्यास वितरण गर्ने भन्नुहुन्थ्यो आएर हेर्नुहोस् तपाईंले विराटनगरमा उद्घाटन गरेको गोबर ग्यास प्लान्ट नै बन्द भइसक्यो । घरघरमा ग्यास कहिले आउँछ ? ” ओलीले विराटनगर १४ मा पाइपबाट ग्यास वितरण गर्ने परियोजना उद्घाटन गरेका थिए । आलमले “गुटियाहरुको भेला गर्दै हिँड्ने आरोप लगाउँदै निर्मला पन्तको हत्यारा खै ?  चुच्चे नक्सा छापिएको किताब किन रोकेको ?” भन्दै प्रश्न गरे ।

नेकपाका केन्द्रीय सदस्य महेश रेग्मीले ओलीको प्रतिगामी कदमले मुलुकलाई पछि धकेलेको बताए । नेकपा प्रदेश सदस्य कुशल लिम्बूले ओली आन्दोलनबाट फ्याँकिने दाबी गरे । नेकपा मोरङ सचिव गणेश उप्रेतीले आन्दोलनबाट ओलीको कदमको विरोध गर्दै जनतासमक्ष जानुपर्ने बताए । कार्यक्रममा मृत्युञ्‍जय झा, अनेरास्ववियु मोरङ अध्यक्ष टेकेन्द्र क्षत्री, केन्द्रीय सदस्य  ताजिम अन्सारी केन्द्रीय जिसस न्यौपाने, सुमन कालीकोटे अनेरास्ववियु सह-इन्चार्ज मोरङलगायतले संविधानसभा विघटन संविधानविपरीत भएको बताए ।अनेरास्ववियुले मोरङमा आंगीक क्याम्पस र १७ पालिकाको कमिटीलाई पूर्णता दिइएको कार्यक्रममा जानकारी दिइयो ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago