फाइल फोटो
काठमाडौं, पुस २६ । कोभिड-१९ महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले २०७६ चैत ११ गतेबाट देशव्यापी रुपमा लागू भएको लकडाउनका कारण दर्ता नवीकरण हुन नपाएका प्राइभेट फर्महरु आगामी चैत २० गतेसम्म नवीकरण हुँदा जरिवाना नलाग्ने भएको छ।
त्यस्तै २०४२ सालदेखी नवीकरण छुटेका प्राईभेट फर्महरुलाई निश्चित जरिवाना तिराएर नवीकरण गर्न सकिने बाटो पनि मन्त्रालयले खोलिदिएको छ। प्राइभेट फर्म रजिष्ट्रेशन ऎन, २०१४ अनुसार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा करिब ५ लाख जति फर्महरु दर्ता भएका छन्। तर आधा जति फर्महरुले मात्रै समयमा आफ्नो फर्म नवीकरण गर्ने गरेको विभागका प्रवक्ता शिवराज सेढाईंको भनाइ छ।
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…