पाल्पा । पछिल्ला केही दिनमा कोरोना संक्रमणको दर वढेकाे छ । पाल्पामा जारि निषेधाज्ञा खुकुलो भएसंगै संक्रमण फेरि वढेकाे हाे । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार शुक्रबार ४२ जनामा संक्रमण पुष्टि भएको छ । बुधबार ७० जना र बिहीबार ११५ जनामा पुष्टि भएको थियाे । शुक्रबारका दिन ६२ जना संक्रमण मुक्त भएका छन् ।
१७ वैशाख देखी जारि निषेधाज्ञा २३ असार देखी खुकुलाे वनाइएकाे छ । अहिले वजारमा पसलहरु खुलेका छन् । मानिसहरुकाे चहलपहत वढेकाे छ । गाँउवाट निजी सवारीका साधनले यात्रु वाेकेका छन् । वैकहरुमा भिडभाड वढेकाे छ । जसका कारण संक्रमणको जोखिम बढेको छ ।
पाल्पामा कोरोनाको कारण हालसम्म ११४ जना संक्रमितले ज्यान गुमाएको स्वास्थय कार्यालय पाल्पाले जनाएको छ । जिल्लामा ५ सय ५४ जना सक्रिय संक्रमित रहेका छन् ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…